स्याङ्जाका शहिद पुत्रले चलाए टुर एण्ड ट्राभल्स
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार २२:३४:३६
१२ असोज, स्याङ्जा । झण्डै १० वर्ष चलेको माओवादी सशस्त्र द्धन्द्धको समयमा शहिद भएका स्याङ्जाका मेघबहादुर बानियाँका छोराले टुर एण्ड ट्राभल्स संचालन गरेका छन् । पोखरा महानगरपालिका वडा नं. ६ गौरीघाट (स्टेट नं. ७) मा उनले टुर एण्ड ट्राभल्स संचालनमा ल्याएका हुन् ।
टुर एण्ड ट्राभल्स व्यवसायमा शहिद पुत्र अशोक क्षेत्रीले करिब ४ करोड ५० लाख लगानी गरेका छन् । नेपालभरका पर्यटकीय क्षेत्रमा सेवा प्रवाह गर्नसक्ने गरी उनले ट्राभल्समार्फत ट्याक्सी, स्कारपियो र माईक्रोबस संचालन गरेका हुन् ।
“३ वर्ष दुबई र २ वर्ष फ्रान्समा बैदेशिक रोजगारी गरेर फर्किएका क्षेत्रीले नेपालमा पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना देखेर टुर एण्ड ट्राभल्स संचालन गरेको हुँ ।” हिमालयन टुर एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक क्षेत्रीले भने, “बैदेशिक रोजगारबाट फर्किएर नेपालमै केही गर्न सकिन्छ भनेर लगानी गरेको र ८ जनालाई रोजगार समेत दिएको छु ।”
करिब १ वर्षदेखि संचालनमा आएको ट्राभल्र्स लकडाउन पूर्व राम्रोसँग चलेको बताउँदै क्षेत्रीले भने, “(कोभिड–१९) कारण लगाईएको लकडाउन अवधिमा बैंक व्याज, किस्ता र आम्दानी समेत गरी करिब ५० लाख नोक्सान पुगेको छ ।” व्यवसाय पूर्व अवस्थामा गए नोक्सान पुगेको आर्थिक क्षतिपूर्ति गर्न सकिनेमा उनले विश्वास जनाए ।
स्याङ्जाबाट पोखरा गएर करोडौ लगानी गरेका क्षेत्रीले नेपालको प्रमुख पर्यटकीय क्षेत्र पोखरा भौगोलिक बनावट र पर्यटकीय सम्भाबना भएकाले पोखरामा गएर लगानी गरेको सुनाए । पोखराबाट मुक्तिनाथ, चितवनको सौराहा, लुम्बिनी, काठमाडौं, रारासहितका पर्यटकीय क्षेत्रमा जान सहज हुने भएकाले पोखरामा लगानी गरेको बताए ।
पोखरामा टुर एण्ड ट्राभल्स क्षेत्रको व्यवसाय कडा प्रतिस्पर्धाको भएपनि आन्तरिक र बाह्य पर्यटकको घुईचो नै लाग्ने भएकाले ट्राभल्स व्यवसाय सहज भएको क्षेत्रीले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिन पछिल्लो समय संख्यामा नभएर गुणस्तरमा समेत प्रतिस्पर्धा चल्न थालेको पनि उनले बताए ।
हरिनास गाउँपालिका वडा नं. ५ साविकको चिन्नेवास गाउँ विकास समिति वडा नं. ९ कुरुम्फाका नेपाली कांग्रेस स्थानीय नेता बानियाँलाई नेकपा माओवादीले द्धन्द्ध सयममा २०५८ मंसिर २४ मा उनकै घर हत्या गरेको थियोे । बानियाँका एक श्रीमती ३ छोरा छन् । ३ छोरा मध्ये जेठा ट्राभल्स, माईला कृषि व्यवसाय र कान्छा भारतीय सेनामा कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार