जिम्मेवार बन नेकपा र कांग्रेस
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार २२:५७:३६
सम्पादकीय
१२ असोज, काठमाडौं । देशका ठूला दुई राजनीतिक दल नेकपा र नेपाली कांग्रेस भित्रको विवाद अझै उत्कर्षमा पुुग्दैछ । सत्ताधारी नेकपामा उठेको तुफान हालै शान्त भएको बताइएपनि पहिलो गाँसमै ढुंगा बन्न पुगेको छ ।
सत्तामा भागबण्डा गर्ने नाममा भएको अस्थायी युद्धबिराम अझै टुंगोमा पुगेको छैन । मन्त्रिमण्डल पुनर्गठन गरी विवाद समाधान गर्ने भनिएपनि दुई अध्यक्षबीचमा कुरा नमिल्दा हुन सकेको छैन । पुनर्गठनकै सन्दर्भमा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक छलफल भएको छ, सहमति भने जुटेको छैन ।
कसलाई मन्त्री बनाउने भन्दापनि कसलाई विदावारी गर्ने विषय नै अहिलेको विवादको चुरो बनेको छ । साथै, पूर्वमाओवादी पक्षले १० वटा मन्त्रालयमा भागबण्डा खोजेको छ । सञ्चार मन्त्रालय कुनैपनि हालतमा आफूले पाउनुपर्ने माग प्रचण्डको छ । तर ओली भने प्रचण्डसँग दुबै मुद्धामा सहमत छैनन् । पूर्व माओवादीलाई थप तीन मन्त्रालय दिन ओली तयार छैनन्, त्यसमा पनि सञ्चारमन्त्रालय त दिने भन्ने सवालै उठ्दैन ।
आजैपनि दुई अध्यक्षबीच यही विवाद कायमै रह्यो, त्यसैले आजै पुनर्गठन गर्ने तयारीमा रहेका ओली केही समय पर्ख र हेरको अवस्थामा पुगेका छन् । प्रचण्डपनि सकेसम्म बामदेव गौतमलाई मन्त्रिमण्डलमा सहभागी गराउने पक्षमा छन् । उनको बारेमा सर्वाेच्च अदालतमा मुद्धा विचाराधीन छ । त्यसको टुंगो लागेपछि मात्रै पुनर्गठन होस् भन्ने प्रचण्डको भित्री चाहना छ । तर ओली भने त्यस अगावै पुनर्गठन गर्ने दाउमा छन् ।
यही भएर सहमति नजुटेको छैन् । अहिलेसम्म कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल सुरु भएकै छैन, मात्र कसलाई बिदा गर्ने भन्नेमै विवाद कायमै रहेको छ । त्यसैले अझै केही दिन पुनर्गठन नहुने देखिएको छ तर वामदेवको मुद्धासम्म पर्खने अवस्था भने छैन ।
उता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा पनि आन्तरिक विवाद चरमचुलीमा पुगेको छ । संस्थापन र असन्तुष्ट पक्षबीच धेरै विषयमा विवाद चर्किरहेको छ । यसैक्रममा आजै असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोधमा पार्टी कार्यालयमै विरोधपत्र दर्ता गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरी देउवाको कार्यशैली नसच्चिए थप विरोधका कार्यक्रम ल्याइने उल्लेख गरिएको छ । आसन्न चौधौं महाधिवेशनलाई स्वच्छ र निष्पक्ष बनाउन देउवाले हालै गरेको विभाग गठन र मनोनयन तत्कालै खारेज गर्नुपर्ने माग गरिएको छ ।
यसका लागि एक हप्ताको अल्टिमेटम दिइएको छ । तर देउवा भने असन्तुष्ट पक्षलाई पेलेरै जाने पक्षमा देखिएका छन् । त्यसैले आउने दिन कांग्रेस भित्रको रडाको अझै विष्फोटक हुने देखिन्छ । मुलुकका दुई ठूला राजनीतिक शक्ति भित्रको यस्तो खिचलोले कुनैपनि बेला प्रतिगमन नहोला भन्न सकिन्न । त्यसैले नेतृत्वले सच्चिने र लोकतन्त्रलाई बलियो बनाउनेतिर ध्यान दिनु आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ
कात्तिक ३०, २०८० बिहिबार
संयुक्त राष्ट्रसंघमा नेपाल
कात्तिक १२, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार