कथा: कर्णकाे बयान
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १९:१७:३३
युद्धनाथ गणका जम्दार हुन् कर्ण । वि. सं.२०५५ सालताका उनकै कमाण्डमा जान्थ्याे सैनिक कमाण्डाे “सर्च एण्ड हन्ट अप्रेशन ” । उनमा थियाे मस्त जवानीकाे रगतकाे राग ।
उनका कमाण्डाेहरु जिउँदो बाघ झैं थिए । क्रान्तिकाे दमनभन्दा पनि पदाेन्रनतिकाे लाेभले रक्ताम्य उनीहरु आफ्नाे सामु देखिने सबै चीजवस्तु आतंककारी ठान्थे र निमिट्यान्न पार्ने साेचिहाल्थे ।
पदाेन्नतिकाे आधार नै अप्रेशनकाे धरपकड वा मृतक विद्राेहीकाे संख्या र घटना सफलताकाे रिपाेर्टिङ् मानिन्थ्याे उनकाे गणमा । उनीहरु हरेक रातदिन नभनी अप्रेशनकाे माेर्चामा खट्नु पर्थ्याे। कुनै हालतमा पनि रिपाेर्ट दिनै पर्थ्याे ।
भाेक, तिर्खा, शंका, त्रास र पदान्नतिका कारण उनीहरु आक्रामक हुन्थे । नहुन पनि किन, युद्धमा एक पक्ष त सकिनै पर्थ्याे । कहिले कुनै त कहिले कुनै पक्षकाे हताहतकाे खबर नेपालीहरु माँझ गुञ्जिरहे। यसै गरि नेपालि गाउँ बस्ति पिल्सि रह्याे।
एकपछि अर्को गर्दै फाँट र भीरपाखाहरुमा जनयुद्धको रापिलाे ज्वाला सल्किदै थियाे । कहिले पूर्व त कहिले पश्चिममा आक्रमण र बमबारीका घटना बिहानै ओच्छ्यानमै रेडियाेले सुनाई सक्थ्याे । युद्ध सूचनाले मानिसहरु अभ्यस्त र परिपक्व हुँदै थिए । कदम कदममा शंका, त्रास र पिंडा बाेध भैरहने ।
“अतिथि देवाे भव:” संस्कारी देशमा कुनै पनि पराया र अपरिचितहरु पाहुना हुनै सकेनन् त्यसबेला । भए त या सुराकी, या सेना पुलिस या आतंककारी मात्र । जनयुद्धका घटनाहरुमा मर्नेहरु या त सेना पुलिस कहलिए या आतंककारी । नेपाली सपुत भनेर न त गनियाे न भनियाे नै एक आपसमा । युद्धमा बम र गाेलीले कुंदिरहे ढुंगे भीरपाखाहरुमा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार