बार्सिलोनामा नयाँ मेस्सी बन्दै अंशु फाती
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १६:४७:१
१३ असोज, एजेन्सी । बार्सिनोलाका युवा स्टार अंशु फातीले शानदार प्रदर्शन गरेका छन् । आईतबार राति भिल्ला रियललाई ४–० ले पराजित गर्ने क्रममा फातीले बार्सिलोनाका लागि दुई गोल गर्दा उनी नयाँ मेस्सीका रुपमा उदाएका छन् ।
मेस्सीले पेनाल्टीमा गोल गरेको खेलमा फातीले शुरुमै शानदार दुई गोल गरेका थिए । बार्सिलोनाका यसअघिका मुख्य स्ट्राइकर लुईस स्वारेज एट्लेटिको गएपछि प्रमुख स्ट्राईकरमा मौका पाएका फातीले आफूलाई प्रमाणित गरेका छन् ।
१७ बर्षका फातीले हरेक खेलमा आफूलाई आश्चर्यजनक प्रदर्शन गर्दै जाँदा नयाँ मेस्सीका रुपमा उदाउने सम्भावना धेरै बढेको छ । मेस्सी अर्को बर्ष म्यान्चेष्टर सिटी जाने लगभग पक्का भएसँगै नयाँ मेस्सीका रुपमा बार्सिलोनाले फातीलाई तयार पारिरहेको छ ।
यो सिजन उनलाई हरेक खेलमा खेलाउने तयारी रहेको प्रशिक्षक रोनाल्ड कोम्यानले बताइसकेका छन् । यसकारण पनि उनले अब मेस्सीकै ठाउँ लिने सम्भावना छ । पीएसजीबाट नेयमार ल्याउने सम्भावना रहेपनि भविष्यका महान सुपरस्टारका रुपमा फाती उदाउने युरोपमा विश्लेषण छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार