वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार २१:५९:१९
१३ असोज, ललितपुर । ललितपुर महानगरपालिका–२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका छन् ।यही आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उनीहरुले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका हुन ।
हामीले हरिसिद्धिको मूल सडक कालोपत्र गर्न आवश्यक काम गर्ने भएकाले ठैवचोकबाट छिरेर महालक्ष्मी नगरपालिकाको सानागाउँ र इमाडोलको सडक भएर आवतजावत गर्न नगरवासीलाई अपिल गरेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले जानकारी दिए । उनले भने, “यदि मौसम परिवर्तन भई बाधा अवरोध भएमा कार्यको मिति तथा समय हेरफेर हुनसक्ने छ ।” हरिसिद्धिको साँघुरा क्षेत्र आठ मिटर सडक यथास्थितिमै कालोपत्र हुने भएको महर्जनले बताए ।
आउँदो बिहीबारदेखि आइतबारसम्मका लागि १० दिन सो सडक खण्ड बन्द गरिने भएकाले यसको साटो वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनले बताए । सो सडक खण्ड हुँदै गोदावरी नगरपालिका–१ गोदामचौर, २ विशङ्खु, नं ३ साविकको गोदावरी, नं ४ बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले दैनिक यात्रा गर्ने गर्छन् । हाल सो सडक खण्डमा एकतर्फी सवारीसाधन दैनिक चलिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
अध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव : 'पपुष्लिट' नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार