‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार २२:४६:५१
१३ असोज, काठमाडौं । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्ने सो प्रतियोगितामा वाग्मती प्रदेशका प्रतियोगीले मात्र भाग लिन पाउने प्रालिका प्रबन्धक मनोज श्रेष्ठले बताए ।
कौसी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताउँदै उनले प्रतियोगितामा सहभागी हुनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा तीन फोटो र एउटा भिडियो पठाउनुपर्ने जानकारी दिए ।पठाइएको फोटोमा क्याप्सन अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । विवरण नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्ने, फोटो स्पष्ट र ठूलो साइजको हुनुपर्ने र इमेलबाट मात्र पठाउनुपर्ने प्रावधान छ । प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताए ।
सर्वोत्कृष्ट पुरस्कार विजेतालाई रु ५५ हजार ३५० मूल्य बराबरको कौसी खेती गर्ने विभिन्न सामग्री प्रदान गरिने छ । विधागत पुरस्कारअन्तर्गत तरकारी खेतीतर्फ प्रथम हुनेलाई रु २५ हजार ३५०, दोस्रो हुनेलाई रु १६ हजार ८५० र तेस्रो हुनेलाई रु १० हजार ५० मूल्य बराबरको कौसी खेतीका विभिन्न सामग्री प्रदान गरिने आयोजकले जनाएको छ । साना जनावर कुखुरा, बट्टाइँ, परेवा, हाँसलगायत विधातर्फ प्रथम हुनेलाई रु सात हजार, दोस्रालाई रु छ हजार र तेस्रालाई रु पाँच हजार प्रदान गरिने छ भने साना फलफूल तथा पुष्प खेती विधातर्फ प्रथमलाई रु २० हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार प्रदान गरिने बताइएको छ ।
प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ । त्यसका साथै हलोखबर डटकम पेज लाइक र सेयर अनिवार्य गनुपर्ने हुन्छ । जुन फोटोमा जसको जति लाइक, कमेन्ट र सेयर हुन्छ, त्यसले त्यति नै अङ्क प्राप्त गर्ने आयोजकले जनाएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज मसान्तसम्म छ । आगामी कात्तिक १ गते सबै प्रतियोगीका फोटो एकैसाथ हलोखबर डट कमको पेजमा पोस्ट गरिने छ । कात्तिक महिनाभर सो फोटो फेसबुकमा रहनेछन् । यसको नतिजा मङ्सिर १ गते सार्वजनिक हुने आयोजकले जनाएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
फिल्म ‘लभ यु शंकर’ को कारण तनिषा चर्चामा
बैशाख ६, २०८१ बिहिबार
हत्याको आशंकामा एक युवतीको जलाइरहेको शव प्रहरीद्वारा बरामद
बैशाख ६, २०८१ बिहिबार
इजरायल र इरानबीच कसको सेना बलियो छ ?
बैशाख ६, २०८१ बिहिबार
बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
बैशाख ६, २०८१ बिहिबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार