एनआरएनएकाे आठौं एशिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार १:१५:४१
१३ असोज,काठमाडाैं । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को आठौं एशिया प्रशान्त क्षेत्रीय बैठक तथा पहिलो विज्ञ सम्मेलन सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको पनि सहभागिता थियो । मन्त्रीद्वयको आथित्यतामा अनलाइन माध्यमबाट सम्पन्न सम्मेलनले विभिन्न ११ बुँदे निर्णय समेत गरेको छ ।
२५ देशका २०० जना प्रतिनिधिसहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा आठौं गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय बैठकको मूल विषय ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुनः एकीकरण र रोजगार’ र यसैगरी पहिलो क्षेत्रीय ज्ञान सम्मेलनको मूल विषय ‘नलेज शेयरिङ एमोङ नेप्लीज स् च्यालेञ्च एन्ड अपरच्युनिटी फर इन्टरप्रेनर्स फलोइङ द कोभिड–१९ पेन्डमिक’ रहेको थियो ।
यस्ता छन्, बैठक तथा ज्ञान सम्मेलनका ११ निर्णय :
१. हाल विश्वव्यापक महामारी रुपमा फैलिएको कोभिड–१९ का कारण एशिया प्रशान्त क्षेत्रका मुलुकहरु तथा खाडि मुलुक लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई सहज बनाई स्वदेश फर्काउनको लागि हवाई उडान बृद्धि गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ ।
२. कोभिड १९ महामारीका कारण विश्वभरका नेपालीहरु प्रभावित भएका छन् । एशिया प्रशान्त क्षेत्रका मुलुकहरु तथा खाडि लगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमीमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले गर्दा विदेश मै रोकिएकाको बिना शर्त वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत निशुल्क उद्धार यथाशिघ्र गर्नको लागि नेपाल सरकार संग आग्रह गर्दछ ।
३. वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरुको पुनः एकीकरण र रोजगारका लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारवीच स्वदेश मै रोजगार सृजना गर्न सहकार्य गर्ने निर्णय गर्दछ ।
४. परम्परागत बैदेशिक रोजगारीका रुपमा हाल रहेका गन्तब्य मुलुक बाहेक आकर्षक गन्तब्य मुलुकहरु जहाँ पारिश्रमिक राम्रो, कम जोखिम तथा मानब अधिकार तथा सामाजिक सुरक्षाका सुबिधाहरु भएका गन्तब्य देशको पहिचान गरि उक्त देशहरुमा बैदेशिक रोजगार प्रबद्र्धन गर्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा बैदेशिक रोजगार बोर्ड समक्ष संघ अनुरोध गर्दछ ।
५. मुलुकको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेकाहरुको सामाजिक सुरक्षा कायम गर्नका लागि सामाजिक सुरक्षाकोषको ग्यारेण्टी गर्न नेपाल सरकारसंग आग्रह गर्दछ ।
६. गैरआवासीय नेपालीहरुको सहकार्यमा श्रमिक सूचना वैंक कार्यान्वयन गराउने र विदेशबाट फर्किएका नेपालीहरुको डाटा राख्ने व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्दछ ।
७. विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि लगायत क्षेत्रमा उपयोग गरी स्वदेश मै रोजगारीको सृजना गर्न यो बैठक सबै गैरआवासीय नेपालीलाई आह्वान गर्दछ ।
८.गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाहरुको सहभागिता सुनिश्चित गराउने निर्णय गर्दछ ।
९. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दछ । विदेशका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।
१०. स्वदेशमा कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि सर्वप्रथम सहयोग तथा तदारुकताका लागि एशिया प्रशान्त क्षेत्रलाई गैरआवासीय नेपाली संघले उच्च मुल्यांकन गर्दै भविष्यमा पनि यसै प्रकारको सहयोगको अपेक्षा गर्दछ ।
११. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषदहरु्, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंम्सेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
उक्त भेला तथा सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न मुलुकका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपालीहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार