आजबाट “सेफ्टी पीन अभियानका” लागि प्रहरी परिचालन
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार २:८:३२
251
Shares
१३ असोज, काठमाडाैं । नेपाल प्रहरीले आसन्न चाडपर्वमा “सेफ्टी पीन अभियानका” लागि प्रहरी परिचालन गरेकाे छ । चाडपर्वमा उपत्यकाका बढी भीडभाड हुने क्षेत्रहरू व्यापारिक, आर्थिक, तथा वित्तीय क्षेत्रहरूमा सेफ्टी पीन अभियान अन्तर्गत खटिएकका प्रहरीहरूलाई सादा पोशाकमा परिचालन गरिएकाे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
सो अभियान अन्तर्गत खटिएको प्रहरी कर्मचारीहरूलाई मंगलबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा निर्देशन दिदै पोखरेलले सो अभियान सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानहरूमा महिला माथि हुने यौनजन्य दुर्वव्यवहार न्यूनिकरणको लागी खटाइएको भए पनि हाल विश्वव्यापी रूपमा फैलिएको COVID-19 का कारण लकडाउन अबधि समाप्त भइ सार्वजनिक यातायात संचालन भएता पनि भीडभाड नहुने तर व्यापारिक क्षेत्रहरूमा भीडभाड बढेकाले सो जनशक्तिलाई आजैबाट त्यस्ता क्षेत्रहरूमा परिचाल गरिएको बताए ।
सेफ्टि पीन अभियान अन्तर्गत खटिएको प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिला माथी हुने यौनजन्य दुर्व्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी, ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने उहाले बताए । लकडाउन खुलेसँगैगै महिला तथा बालबालिकाविरूद्ध हुने विभिन्न खाले यौन तथा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागी महिला प्रहरी निरीक्षकसहितको Plolice Mobile Van पनि २४ सै घण्टा उपत्यकामा परिचालन गरि समस्यामा रहेका व्यक्तिहरूलाई सेवा प्रवाह गरिने समेत बताए ।
251
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार