बुधबार , कार्तिक १२, २०७७

गैरकानुनी रुपमा विदेश गएकालाई उद्धार गर्न र उडान संख्या थप्न सरकारलाई निर्देशन

गैरकानुनी रुपमा विदेश गएकालाई उद्धार गर्न र उडान संख्या थप्न सरकारलाई निर्देशन

१३ असोज, काठमाडौं । संसदीय समितिले गैरकानुनी रुपमा विदेश गएकालाई उद्धार गर्न र उडान संख्या थप्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न र उनीहरुको उद्धारका लागि उडान थप्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले गैरकानुनी बाटोबाट विदेश पठाउने व्यक्ति र संस्थालाई मानवओसारप्रसार सम्बन्धी प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न पनि गृह र श्रम र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले एकचोटी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरु जुनसुकै कारणले विदेशमा अलपत्र परे पनि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन पनि निर्देशन दिएको छ । त्यसका लागि ‘स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७’ लाई संशोधन गर्न समितिले निर्देशन दिएको छ ।

विदेशबाट नेपाली फर्काउन उडान संख्या थप्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले स्वदेश फर्कन चाहने सबै नेपालीहरुलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान संख्या थप्न सरकारलाई भनेको हो । नेपाली कामदार रहेका विभिन्न देशस्थित नेपाली राजदूतहरुले पनि नियमित उडान संख्या थप्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय