तीन दिनमा दश हजार लिटर अवैध घरेलु मदिरा नष्ट
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार १५:३:५४
१४ असोज, गलकोट । जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सोमबार चार हजार र मंगलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र यसअन्तर्गतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरेको उक्त मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले बढाएको सक्रियतासँगै पछिल्लो तीन दिनमा मात्रै उक्त मदिरा र कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार केही मदिरा बिक्रीका लागि तयारी र केही मदिरा उतपादनमा प्रयोग हुने कच्चा सामग्री जाँड, मरचालगायत केही अखाद्य सामग्री बरामदपश्चात नष्ट गरिएको हो ।
प्रहरी चौकी निसीखोला, प्रहरी चौकी ग्वालीचौर, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी, प्रहरी चौकी कुडुले र पञ्चकोट, प्रहरी चौकी मालढुङ्गा, इलाका प्रहरी ताराखोला, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाँटी, इलाका प्रहरी भिमगिठे, इलाका प्रहरी झिवाखोला, प्रहरी चौकी बोङ्गादोभान र प्रहरी चौकी ग्वालीचौरले हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो । यो अभियान निरन्तर सञ्चालन हुनेछ ।
यस्तै प्रहरीले मंगलबारदेखि अवैध रहेको गाँजाका बोट फडानीसमेत शुरु गरेको छ । प्रहरीले जिल्लाको तमानखोला गाउँपालिका–२ र बागलुङ नगरपालिका १२ अमलाचौरमा ३०० गाँजाको बोट फडानी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार