साढे सात केजी अफिमसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार १७:२७:११
१४ असोज, कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुष अटोचालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँचका क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला र पुरुषलाई अफिमसहित पक्राउ गरेको हो ।
प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आएको लु१ह १५७ नंको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाउँपालिका–१ कुरेली बस्ने ४९ वर्षीया सीता रोकालाई शङ्का लागि जाँच गर्दा निजले बोकेको झोलाबाट साढे सात किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
चालकको सिट पछाडि अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा दुई केजी र पछाडि राखेको रेग्जिनको झोलामा रहेको साढे पाँच केजी गरी उक्त परिमाणको अफिम भेटिएको हो ।
पक्राउ परेकी महिला रोकासँगै प्रहरीले अटोचालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ का २० वर्षीय सुशील क्षेत्रीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उपरीक्षक अधिकारीले जानकारी दिए । प्रहरीले बरामद गरेको अफिम भारत पु¥याएपछिको अन्तर्राष्ट्रिय बजार मूल्य रु एक करोड बढी पर्ने बताइन्छ । यसअघि असोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा नं २ स्थित कृष्णनगर बसपार्कबाट शङ्कास्पदरूपमा भारततर्फ जाँदै गरेका अवस्थामा ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार