नयाँ पर्यटकीय गन्तव्य ‘माहुरी झरना’
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार १९:३६:३०
♦ खेमराज गौतम
१४ असोज,गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशस्थित माहुरी झरनाको प्रवद्र्धन गर्न थालिएको छ । आकर्षक उक्त झरना पहाडको खोंचमा रहेकाले ओझेलमा पर्दै आएको थियो ।
बागलुङमा पछिल्लो समय पर्यटन गतिविधि ह्वात्तै बढेपछि नयाँ पर्यटकीय गन्तव्यसमेत पहिचान गर्ने क्रममा अन्यन्तै मनमोहक माहुरी झरनामा पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिइएको छ । लेखानी र रेशको बीचमा रहेको रेश खोलास्थित माहुरी झरनामा पुग्नका लागि पदमार्ग नभएका कारण समस्या भएकाले स्थानीयवासीको सक्रियतामा अहिले व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिइएको छ ।
गत वर्ष गण्डकी प्रदेश सरकारको रु। ११ लाखबाट झरनामा पुग्नलाई गैराघरदेखि नेटासम्म ३०० मिटर पदमार्ग निर्माण गरिएको थियो । त्यतिले पर्याप्त नभएका कारण अहिले स्थानीयवासीले जनश्रमदानमार्फत पदमार्ग निर्माण गरिरहेको माहुरी झरना प्रबद्र्धनमा लाग्नुभएका स्थानीयवासी हरि कुँवरले जानकारी दिए । जनश्रमदानबाट अहिले २०० मिटरभन्दा बढी पदमार्ग बनाइएको र आगामी दिनमा थप एक सय मिटर बढाइने कुँवरको भनाइ छ । “अत्यन्तै सम्भावना रहेको उक्त झरनालाई अहिले आएर बल्ल प्रचारप्रसार गर्न थालिएको छ”, कुँवरले भने, “अन्य सामान्य झरनालाई मिडियामा देखेपछि यहाँको झरनलाई विकास गरी पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका साथ लागिपरेका छौंँ ।”
करीब २०० मिटर अग्लो छहरा भीरमाहुरी रहने पहाडमा भएकाले यसको नामकरणसमेत माहुरी झरना गरिँदै आएको स्थानीयवासीले बताएका छन् । उक्त झरनाको प्रचारप्रसार गर्न थालिएपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् । अहिले दैनिक करीब ५० आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने भएपनि झरनामा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा समस्या भएको छ । झरनामा पुग्नका लागि अझै २०० मिटर पदमार्ग आवश्यक पर्ने हुन्छ ।
माहुरी झरना काठेखोला गाउँपालिकाकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने गरी योजना बनाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । झरना हिउँदमा समेत नसुक्ने भएकाले यसलाई पर्यटकीय क्षेत्रका हिसाबले यहाँ पदमार्ग, रेलिङ, प्रतीक्षालय र तारबार निर्माण गर्ने लामिछानेले बताए । अहिले जनश्रमदानबाट माहुरी झरना सामुदायिक घरबास, मौवाघारी सामुदायिक वन, सगरमाथा युवा क्लब र महिला समूह मिलेर श्रमदानमा पदमार्ग निर्माण भइरहेको छ । गाउँपालिकाको केन्द्रबाट उक्त झरना आधा घण्टाको दूरीमा पुग्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार