रुकुमकोटमा निषेधाज्ञा हट्यो, स्वास्थ्य मापदण्ड पालना नगरे कारवाही
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २१:११:३१
१४ असोज, रुकुमपूर्व । रुकुम ‘पूर्व’को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक आजै बसेर रुकुमकोटमा जारी निषेधाज्ञा हटाइएको जानकारी गराएको छ । जिल्लामा समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले यही असोज ७ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । रुकुमकोटमा निषेधाज्ञा जारी हुनुभन्दा दुई साताअघिदेखि रुकुमकोट बन्द गरिएको थियो ।
रुकुमकोटमा निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । अहिले सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै दैनिक कामकाज गर्ने गरी निषेधाज्ञा हटाएको प्रजिअ राईको भनाइ छ । जिल्लावासीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको पनि प्रशासनले निगरानी गर्ने छ ।
कोहीकसैले लापरबाही गरेको पाइएमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही गरिने प्रजिअ राईले बताए । अहिलेसम्म जिल्लामा कुल ७४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिमीका बालबालिका खोपबाट वञ्चित
चैत ४, २०८० आइतबार
कालिकोटको महावैमा नुनको डिपो स्थापना
चैत १, २०८० बिहिबार
पुन: निर्माणका लागि दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार
फागुन २४, २०८० बिहिबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
शासकहरू
चैत ५, २०८० सोमबार
प्रहरी हिरासतमा रहेका महरालाई उपाध्यक्ष पदबाट राजीनामा दिन प्रचण्डको दवाव
चैत ६, २०८० मंगलबार
कुन सांसदको कस्तो प्रश्नमा प्रधानमन्त्रीको कस्तो जवाफ ? [ प्रश्नोत्तरसहित ]
चैत ६, २०८० मंगलबार
गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्छः कांग्रेस
चैत ६, २०८० मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु
चैत ६, २०८० मंगलबार
सर्लाहीमा अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
चैत ६, २०८० मंगलबार
अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
चैत ६, २०८० मंगलबार