इसेवाले पायो आईएसओ २७००१ः २०१३ मान्यता प्राप्त प्रमाणपत्र
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २२:१३:९
१४ असोज, काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आईएसओ प्रमाणपत्र प्राप्त भएसँगै एकदशक भन्दा लामो समयदेखि मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि भएको दावी कम्पनीले गरेको छ ।
आईएसओबाट प्रमाणित भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘हामीले स्थापनाकालदेखि नै सूचना प्रणाली, गोपनियता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ । हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकोले अझ बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउदै आएका छाैं । यसै सिलसिलामा सुचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आईएसओ २७००१ तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु हामी, हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा बित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पुर्ण सरोकारवालाको लागी खुशीको कुरा हो । यो आईएसओबाट सर्टिफाइड भएसँगै हाम्रो सेवा सुरक्षित र गुणस्तरिय छ भन्ने कुराको थप पुष्टि भएको छ ’ ।
आईएसओ २७००१ः२०१३ (हालको संस्करण) संसारमा सबैभन्दा विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाँच्ने मूख्य आधार नै आईएसओलाई चिनिन्छ ।
यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुको बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनियता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ । आईएसओको यो प्रमाणपत्र प्राप्त गरेसँगै इसेवाले सूचना सुरक्षा प्रणाली व्यवस्थापनमा निर्माण गरेको संरचना विश्वस्तरिय रहेको दावी गरेको छ ।
नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढि रहेका छन् । कम्पनीका अनुसार मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा योगदान दिएको छ ।
हाल इसेवाका देशभर एकलाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् भने इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करिब ३५ लाख रहेको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार