बाजुरामा नागरिकता बनाउनेको भीड
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २३:१५:२
१४ असोज, मार्तडी । जिल्ला प्रशासन कार्यालय बाजुरामा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ । कोराेना भाइरसका कारण घरमा आएका र एसइई परीक्षामा उत्तीर्ण भएका १६ वर्ष पुगेका नागरिक नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा भीड लाग्न थालेको हो । अहिले दैनिक ७० देखि ९० जनाले कार्यालयबाट नागरिकता बनाउँदै आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।
नागरिकता बनाउन कानूनी प्रावधान पुगेका १६ वर्षभन्दा माथिका बालबालिका र अन्य सेवाग्राहीले नागरिकता बनाउन आउन थालेपछि भीड लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । नेपाली नागरिकता लिनका लागि १६ वर्ष अनिवार्य पुगेको हुनुपर्ने कानूनी प्रावधान रहेको छ । नागरिकता बनाउन आएका सेवाग्राहीलाई कानूनी प्रक्रिया पूरा गरी नागरिकता दिने गरेको सहायक प्रजिअ भण्डारीले बताए । नागरिकता लिन आउँदा पारिवारिक पहिचानसमेत खुलेको हुनुपर्ने भएकाले सो प्रक्रिया पूरा नभएकालाई प्रक्रिया पूरा गरेर नागरिकता बनाउन आउन सुझाव दिने गरेको उनको भनाइ छ ।
नागरिकता लिन आएका सेवाग्राहीलाई नागरिकतामा हस्ताक्षर मात्र नभई उनीहरुलाई सामाजिक सचेतनासम्बन्धी जानकारी दिने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ । नागरिकताका बनाउन आएकाहरु राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न सहज भएको छ । नागरिकता बनाइ सकेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको सङ्कलन विवरण भर्ने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
उक्त परिचयपत्रको विवरण सङ्कलन दैनिक रुपमा २० देखि ३० सम्म मात्र हुने गरेको छ । विवरण फारममा पारिवारिक विवरणसमेत खुलाउनुपर्ने हुँदा प्रत्येक दिन २० भन्दा माथि सङ्कलन गर्न सकिने गरेको परिचयपत्र विवरण सङ्कलक जयबहादुर ऐडीले बताए।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आमाबुबाको नागरिकता र स्वयंव्यक्तिको विद्यालयको प्रमाण नहेरी नागरिकता बनाउन सिफारिस गर्ने भएकाले कतिपयको जन्ममिति आमाबुबाको नामसमेत फरक हुने गरेकाले उनीहरु दुःख पाउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार