शुक्रबार , कार्तिक १४, २०७७

यौनशक्ति बढाउनेका लागि माछा फलदायी

यौनशक्ति बढाउनेका लागि माछा फलदायी

१४असोज, काठमाडौं । मासुभन्दा पनि माछा खानु स्वास्थयका लागि निकै नै लाभदायक हुन्छ । रातो मासु पचाउनका लागि झन्डै ३२ देखि ३६ घण्टा लाग्छ । तर, हामीले खाएको माछा पचाउनका लागि २ देखि ३ घन्टा मात्र लाग्ने भएकोले मासुभन्दा पनि नियमित माछा खानु अति स्वस्थ्यकर मानिन्छ ।

खसी, कुखुरा, भैँसी, राँगा र बंगुरको मासु तथा अन्य जन्तुको तुलनामा माछामा केही मेनेरल्स र प्रोटिन अलि प्रशस्त मात्रामा पाइन्छ । नियमित रूपमा माछा खानाले मानिसको मस्तिष्कलाई सधैं ताजा र तेज राख्नमा मद्दत पुर्याइरहेको हुन्छ । माछा खनाले धेरै हदसम्म शरीरिक वजन घटाउन पनि मद्दत गर्छ ।

माछामा प्रशस्त मात्रामा भिटामिन ‘डी’ र क्याल्सियम पाइने भएकोले यसको सेवनले शरीरका हड्डी तथा दाँतलाई मजबुत बनाउँछ । शरीरको खराब कोलेस्टेरोल घटाएर मुटुसम्बधी रोग लाग्नबाट बचाएर हार्टयाट्याक हुन दिदैन । यसले उच्च रक्तचापलाई नियन्त्रन गरेर कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउनका साथै क्यान्सरबाट छुट्कारा पाउन पनि सहयोग पुर्याउने गर्छ ।

ठिक्क मात्रामा नियमित माछाको सेवन गर्ने हो भने यसले आँखाको भिजन बढाउनुको साथै आँखा तथा छालालाई सधैं स्वस्थ्य राख्न मद्दत गर्छ । माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निको हुनुका साथै डन्डीफोर आउने सम्भावना पनि कम भएर जान्छ ।

नियमित माछा खानाले जीवनबाट नैराश्यता हटाएर खुसी हुने, शरीरमा उर्जा उत्पन्न गराएर काममा फूर्ति ल्ययेर दैनिक कार्यमा परिवर्तन ल्याउन मद्दत गर्छ । माछा खाने गर्नाले यौन क्षमता बढाउने र डिप्रेसनबाट समेत मुक्त भइ निद्रा अत्यन्त राम्रो लाग्ने गर्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय