डा. खतिवडाको नियुक्तिले बल्झायो नेकपाभित्रको घर झगडा
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार २०:४६:२८
१५ असोज, काठमाडौं । दुई साताअघि अस्थायी युद्धविराममा पुगेको सत्तारुढ नेकपा भित्रको विवाद फेरि सतहमा आएको छ । आइन्दा पार्टीको निर्देशनमा सरकार चलाउन प्रधानमन्त्री केपी ओली सहमत भएको भनिएपनि व्यवहारमा भने उल्टो देखिएको भन्दै शीर्ष नेताहरु खनिएका छन् । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले पार्टीसँग कुनै सल्लाह नै नगरी विभिन्न मुलुकको राजदूत नियक्त गरेपछि विवाद सतहमा आएको हो ।
ओलीले यसबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग एक बचन नसोधी निर्णय गरेको भन्दै खुमलटारले असहमति जनाएको छ । प्रचण्ड निकट स्रोतले भन्यो – प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पटक पटक वार्ता हुँदा राजदूत नियुक्तिबारे कुनै छलफल नै भएको थिएन । एक्कासी नियुक्त गरिएको समाचार आजै बिहान सुनेपछि प्रचण्डले नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग टेलिफोन वार्ता गरेको बुझिएको छ ।
खासगरी डा. युवराज खतिवडालाई के आधारमा पटक पटक पुरष्कृत गरिएको भन्दै नेताहरुले आपत्ति जनाएका छन् । आजैको बैठकबाट डा. खतिवडालाई अमेरिकाको लागि राजदूतमा सिफारिश गरिएको छ । यसैगरी मुख्यसचिवबाट लोकदर्शन रेग्मीलाई राजिनामा गराएर परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई ल्याइएको छ । रेग्मीलाई वेलायतका लागि राजदूत सिफारिश गर्ने निर्णयसमेत आजैको मन्त्रिपरिषदले गरेको छ ।
यसैगरी दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूत बनाउने निर्णयसमेत भएको छ । यी सबै निर्णयमा पार्टीसँग कुनै परामर्श नगरिएको भन्दै नेताहरु असन्तुष्ट देखिएका छन् । सरकारले गर्ने नियुक्तिमा पार्टीसँग छलफल र सल्लाह गर्ने भनिएकोमा त्यसको उल्लंघन भएको भन्दै नेताहरुले प्रश्न उठाउने पनि स्रोतले बतायो । ओली फेरिपनि एकलौट हिंड्न खोजेको देखियो भन्दै प्रचण्डले यसबारे सचिवालय बैठक डाकेर छलफल गर्ने पक्षमा रहेको पनि स्रोतको दावी छ ।
लामो विवादपछि गएको भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले सरकार पार्टीको नीतिगत निर्देशनमा चल्ने मान्यतालाई स्थापित गर्ने निर्णय गरेको थियो । सो निर्णयमा मन्त्रिपरिषद पुनर्गठन र राजनीति नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा,निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्नसमेत भनिएको छ ।
तर यस्तो कुनै मापदण्ड निर्धारण भएन भन्दै नेताहरुले ओलीको एकलौटीले पार्टी एकताको सन्देशसमेत प्रवाहित नगरेको आरोप लगाएका छन् । सहमति र पूर्व निर्णयको उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीसँग सोध्ने तयारी भएको पनि स्रोतले बतायो ।
गएको साता तीनवटा विश्वविद्यायलमा कुलपति नियुक्त गर्दा भने ओली र प्रचण्डबीच सहमति बनेको थियो । त्यसैले त्यसमा खासै विवाद भएन । तर अहिले कुनै जानकारी नै नदिई एकलौटी गर्ने नीति देखियो भन्दै स्रोतले अब पुनर्गठनमा समेत यस्तै रबैया देखाउने संकेतका रुपमा लिनुपर्ने बतायो ।
त्यसैले बेलैमा प्रतिवाद गरिने छ भन्दै स्रोतले यथाशीघ्र सचिवालय बैठक डाकेर प्रधाननमन्त्रीसँग स्पष्टीकरण लिने पक्षमा नेताहरु रहेको जानकारीसमेत स्रोतले दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार