साझाद्धारा १५ सदस्यीय जेष्ठ नागरिक संगठन घोषणा
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार २१:४९:४४
१५ असोज, काठमाडौं । साझा पार्टीले साझा ज्येष्ठ नागरिक संगठनको १५ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरेको छ। बिहीबार ‘अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर नेपालका ज्येष्ठ नागरिकहरूको हक, हित, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने पार्टीको लक्ष्यलाई मद्दत पुर्याउने उद्देश्यका साथ नागरिक संगठनको घोषणा गरेको साझाले जनाएको छ।
उक्त समितिको संयोजकमा हाल महेन श्रेष्ठ र महासचिव चक्र न्यौपाने रहेका छन्। समितिका अन्य सदस्यहरूम कृष्णा ताम्राकार, प्रा डा जगन्नाथ श्रेष्ठ, विनय शर्मा, कीर्ति तुलाधार, विकल शेरचन, जगदिश्वर यादव, टिकाप्रसाद विमली, डा बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ, बलराम सापकोटा, देविदत्त ज्ञवाली र तारा ढुंगाना रहेका छन् ।
संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर एक तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो। पार्टीले ज्येष्ठ नागरिकहरूको लोकतान्त्रिक अधिकारमात्र होइन सामाजिक सुरक्षा तथा सार्वजनिक स्वास्थ्य सेवामा सबैको निशुल्क पहुँच राज्यको अकाट्य दायित्व हुनुपर्छ भन्ने मान्यता राख्ने जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार