अब को बन्ला नयाँ अर्थमन्त्री ?
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार २२:३८:३२
१५ असोज, काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच धेरैपटक छलफल भए, तर निश्कर्षमा पुग्न सकेनन् । अध्यक्षद्वयबीच धेरै विषयमा मतभेद भएकाले तत्कालै पुनर्गठनको सम्भावना देखिएन । तर दुवैजनाको रुची भने अर्थमन्त्रालयमा प्रष्टै देखियो ।
प्रचण्ड चाहन्थे– नयाँ अर्थमन्त्री बामदेव गौतम बनुन् । तर ओलीको रुची थियो– अर्थमन्त्रालय आफैंसँग राखेर विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाबाटै काम गराउने । तर पछिल्ला छलफलमा ओलीले प्रष्टै संकेत पाए अर्थमन्त्रालयमा आफूले चाहेअनुसारको छायाँ मन्त्रीबाट चलाउन पार्टीले दिनेवाला छैन ।
बामदेवलाई नै दिन बल गर्ने छनकसमेत उनले पाइसकेका थिए । यस्तो अवस्थामा कसै न कसैलाई अर्थमन्त्री नबनाई धरै थिएन ओलीलाई । त्यसैले ओलीले नयाँ शीराबाट अगाडि बढ्ने सोच बनाए ।
अर्थमन्त्री अरुलाई बनाउनै पर्ने भएपछि डा. खतिवडालाई उनले अमेरिकाका लागि राजदूत नियुक्त गरे । किनभने नयाँ अर्थमन्त्रीसँग डा. खतिवडाको तारतम्य नमिल्न सक्थ्यो । यसको भेउ पाएका उनले आजै मात्र डा. खतिवडालाई सेफ ल्याण्डिङ गराए । अब ओलीको ध्यान नयाँ अर्थमन्त्रीतिर सोझिएको छ । गौतमको विषयमा सर्वाेच्च अदालतमा मुद्धा विचाराधीन रहेकाले के फैसला आउँछ भन्न सकिन्न । गौतमकै पक्षमा आयो भने पनि उनी सकेसम्म अर्थमन्त्री नबनाउने नै पक्षमा छन् ।
कदाचित गौतमको विपक्षमा फैसला आयो भने कसलाई बनाउने भन्ने उनको चिन्ता छ । उनको पहिलो रुची पार्टी महासचिव विष्णु पौडेल हुन् । तर प्रचण्ड र नेता माधवकुमार नेपालको चाहना भने गौतमको विकल्पमा सुरेन्द्र पाण्डे हुन् । पाण्डेलाई अर्थमन्त्री बनाउँदा आफूलाई भन्दा प्रचण्ड माधव पक्षलाई बल पुग्ने ठम्याई ओलीको रहेको छ । त्यसैले उनले एक साताअघि नै पाण्डेको नाडी छाम्ने काम गरिसकेका छन् ।
गएको साता ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले पाण्डेलाई फोन गरी मन्त्री पदको अफर गरे । तर अर्थ बाहेकको राजा मन्त्रालय दिने उनले ओलीको सन्देश सुनाए । पाण्डेले उक्त प्रस्ताव ढाडै अस्वीकार गरेका छन् । उनले अर्थ मन्त्रालय नपाउने भए मन्त्री बन्न रुची नभएको जानकारी दिएका छन् । त्यसैले ओली अर्थमन्त्री बनाउने विषयमा ठूलै दबाब खेप्नुपर्ने अवस्थामा रहेको प्रष्ट देखिन्छ । सकेसम्म गौतमलाई नदिने दिनै परे कमिटमेण्ट गराउने उनको चाहना छ । तर पाण्डेलाई चाहिं मन्त्री नबनाउने उनको तयारी पूरा हुने भएको छ ।
अर्थ मन्त्रालय नपाए मन्त्री नै अस्वीकार गरेकाले पाण्डे समस्या भएनन् ,तर भीम रावललाई चाहिं ल्याउने पक्षमा ओली रहेका छन् । रावललाई पनि रक्षा मन्त्रालय दिने उनको योजना छ । रावलले पनि मन्त्री बन्न त्यति रुची देखाएका छैनन् । यस्तो अवस्थामा नेपाल पक्षबाट अरु नै नाम सिफारिश हुन सक्ने देखिन्छ ।
विरोध खतिवडा र यज्ञराज सुनवारलाई नेपालले सिफारिश गर्नेवाला छन् । यो परिबेशमा अर्थमन्त्रालय ओलीले महासचिव पौडेललाई जिम्मा लगाउन सक्छन् । तर त्यसका लागि प्रचण्डलगायत शीर्ष नेताहरु तयार हुनुपर्ने छ । पौडेल बामदेवका समेत प्रिय पात्र हुन् । प्रचण्ड पनि नकारात्मक छैनन् । त्यसैले उनको अर्थमन्त्री बन्ने सम्भावना बलियो रहेको चर्चा नेकपाभित्र हुन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार