बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ?
आर्थिक संवाददाता
असोज १५, २०७७ बिहिबार २२:५८:४५
१५ असोज, काठमाडाैं । आज शेयरबजारमा बुलिस आकृति देखिएको छ । नेप्से परिसूचक २० दशमलव ६१ अंकले वृद्धि हुँदै १५७१ दशमलव ०४ को विन्दुमा बन्द भएको छ । आज १९२ कम्पनीको शेयर कारोवार हुँदा २ अर्ब ८० करोडको शेयर कारोवार भएको छ ।
बजारको अहिलेको लागि तत्कालीन प्रतिरोध १५७५ को क्षेत्रमा रहेको भए पनि बुलिस प्रवृत्तिमा त्यो विन्दु सजिलै ब्रेक हुने जानकार बताँउछन । त्यस्तै बजारको प्रमुख प्रतिरोध १६०० को क्षेत्र रहेको छ। विगत केही समयदेखि सो क्षेत्रमा बजारले निकै ठूलो प्रतिरोधको रुपमा देखिएको छ।
डा. युवराज खतिवडा अमेरिकाको राजदुतको लागि सिफारिस भए सँगै लगानीकर्ताहरु खुशी भएको चर्चा पनि बजारमा सुनिदै आएको छ। नेप्से परिसूचक १ दशमवलव ३३ प्रतिशतले वृद्धि भएको छ।
नेप्से परिसूचक १५५३ दशमलव ९६ को विन्दुमा खुलेकोमा १५७२ दशमलव ९४ को उच्च विन्दु पुगेको थियो । बजारले १२ बजेर ३१ मिनेटमा उच्च विन्दु समातेको थियो।
त्यस्तै बजार बन्द हुँदा राम्रो बुलिस आकृति बनाउदै बन्द भएको छ । त्यस्तै बजारको न्यून विन्दु र खुला विन्दु एउटै रहेको छ। यसको अर्थ आज बजार सकारात्मक प्रवृत्तिमा रहेको थियो ।
आज निर्जीवन बीमा उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ। निर्जीवन बीमा उपसुचकमा ४ दशमलव ३१ प्रतिशतको वृद्धि देखिएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा पनि आज वृद्धिको कारणले गर्दा बजारलाई सकारात्मक दिशामा लान सहज भएको हो।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६०० । प्रतिरोध १ः १५७५ । टेवा १ः १५४० । टेवा २ः १५००
✍ हिजोको बिश्लेषण अनुसार शेयर बजार खुलेदेखि घट्दो प्रवृत्तिमा रहे पनि पछिल्लो समयमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गरेको छ भनिएको थियो । आज बजार त्यहि अनुरुप केहि सकारात्मक देखिएको छ र हाल बजार १५७५ को प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ ।
✍ आजको मैनबत्तीले “बुलिस ” मैनबत्तीको चित्र बनाएको देखिन्छ। यसले बजारमा क्रेताको चाप रहेको जानकारी गराउँदछ। परिमाणले पनि सकारात्मक संकेत गरेको देखिन्छ ।
✍ दैनिकी अवधिमा “आरएसआई” ६६ दशमलब ४२ को बिन्दुमा छ। यसको प्रवृत्तिले आज बजारमा क्रेताको चाप रहेको जानकारी गरेको छ।
✍“एडिएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले आज बजारमा विक्रेताको चाप केहि कमजोर भएको जानकारी गराएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले बजारमा पुन माग बढ्न थालेको जानकारी गराएको छ।
✍ यदि बजार १५७५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्क हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६०० को मनोबैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ । यदि बजार १५३४ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्नुका साथै अर्कोे तत्कालिन टेवा १५०० को क्षेत्रमा रहेको देखिन्छ ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज सामान्य अंकले घट्यो
चैत ६, २०८० मंगलबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
चैत ६, २०८० मंगलबार
नेप्सेमा सामान्य अंकको वृद्धि, दुई अर्बभन्दा बढीको कारोबार
चैत ५, २०८० सोमबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रहरी हिरासतमा रहेका महरालाई उपाध्यक्ष पदबाट राजीनामा दिन प्रचण्डको दवाव
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
कुमारी बैंकमा रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर ! यस्ता छन् यसका फाइदा
चैत ६, २०८० मंगलबार
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
चैत ६, २०८० मंगलबार
आदर्शका गफ छाट्ने ठाकुरबाबा नगरपालिकामा छैन दमकल
चैत ६, २०८० मंगलबार
राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण
चैत ६, २०८० मंगलबार
गठबन्धनको साझा कार्यक्रम: १३ विषयको उठान, ढर्रा पुरानै
चैत ६, २०८० मंगलबार
बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता हुने
चैत ६, २०८० मंगलबार