अझै शुरु हुन सकेन चिया परीक्षण केन्द्र
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार २२:३६:४९
१५ असोज, इलाम । विभिन्न समस्याले यहाँस्थित सूर्योदय नगरपालिकामा निर्माण हुन लागेको ‘चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र’को काम अझै शुरु हुन सकेको छैन । गएको चैतबाटै शुरु हुने भनिए पनि कोरोना र वर्षाको समस्या देखाउँदै केन्द्रको काम शुरु नभएको हो ।
प्रदेश नं १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रु २३ करोडको लगानीमा उक्त केन्द्र निर्माण गर्न लागेको हो । प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहने जनाइएको छ ।
नगरपालिकाले पाँच वर्षमा भवन निर्माण सक्ने बताएको थियो । हालसम्म पनि भवनको निर्माण कार्य नथालिएकाले भवन निर्माण म्यादभित्र नसकिने सम्भावना बढेको छ । “फागुनमै डीपीआर ‘विस्तृत परियोजना प्रतिवेदन’ लगायतका काम सम्पन्न भएको थियो”, सूर्योदय चिया सचिवालयका संयोजक देवेन्द्र शर्माले भने, “तर कोरोना र पानी बढेका कारण हालसम्म शुरु हुन सकेको छैन ।”
शर्माका अनुसार भवनमा चिया परीक्षण मात्र नभई भवनभित्र चियाको सङ्ग्रहालय, मिटिङ हल, विदेशी पाहुना बस्ने भवनसमेत हुनेछ । विदेशी पर्यटक आउँदा चियाको अध्ययन गर्न सहज बनाउन सङ्ग्रहालयसमेत भवनमा रहने शर्माको भनाइ छ । नगरका इञ्जिनीयर सिर्जन बरालका अनुसार चियाको टेस्टिङका लागि पाँच वटा भवन ९ब्लक० निर्माण हुनेछन् ।
एउटा ब्लकमा प्रशासन र जानकारी दिने अफिस, दोस्रो ब्लकमा सङ्ग्रहालय र चियाको परीक्षण भवन रहने छ भने तेस्रो ब्लकमा शौचालय र कटेज बनाइने इञ्जिनीयर बरालको भनाइ छ । यस्तै, चौथो ब्लकमा बैठक बस्ने सभाकक्ष रहने छ भने पाँचौँमा विदेशी पर्यटकका लागि अतिथि कक्ष रहने छ ।
“केही भवन दुईतले र कुनै तीनतले बनिने छन्” बरालले भने, “तर समयमा शुरु गर्न सकिएन ।” शुरुमा कोरोनाका कारण ठेकेदारले काम नथाले पनि साउनको पहिलो हप्ताले थाल्ने सक्रियता देखाएको थियो तर मध्य वर्षाको समय भएकाले झरीपछि मात्र काम थाल्न नगरले निर्देशन दिएकाले ढिलाइ भएको बरालको भनाइ छ । गएको वर्ष चिया परीक्षण केन्द्र बनाउनका लागि मुख्यमन्त्री शेरधन राईसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पदाधिकारीले नगरपालिकासँग सम्झौता गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार