यमुना द्रुतमार्गबाट भारतीय कांग्रेसका दुई शीर्ष नेता गिरफ्तार
नेपालबहस संवाददाता
असोज १५, २०७७ शुक्रबार १:३५:१२
१५ असोज, नोइडा । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार गिरफ्तारीमा परेका छन । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रुतमार्ग नजिकैबाट बिहीबार दिउँसो गिरफ्तार गरेको हो ।
गत सेप्टेम्बर २९ तारिखका दिन सामुहिक बलात्कारपछि हत्या गरिएको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ । उनीहरुलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । गान्धीद्धयसँगै अन्य केही नेताहरुलाई पनि गौतमबुद्ध नगरबाट गिरफ्तार गरेको हो ।
कांग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो ।प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुदै प्रश्न गरे, “के यो मुलुकमा मोदीजी मात्रै हिड्न पाउने व्यवस्था छ ?” उनले भारतमा सामान्य मान्छेहरु हिड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे ।
नेता गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुइमा लडाएको र धकेलेको आरोप पनि लगाए । उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफुहरु हिडेको भन्दै प्रहरीलाई आफूलाई हिड्न दिन आग्रह गरेका थिए।
“म एक्लै हथ्रास तर्फ हिडेर जान चाहन्छु, कृपया मलाई हिड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै छन ?” उनले भनेका थिए । उनको त्यो प्रश्नपछि प्रहरीहरुले उत्तर दिदै भनेका थिए, “ सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाईलाई आइपिसीको १८८ अनुसार गिरफ्तार गर्दैछौँ ।”
नोइडाको अतिरिक्त नायव प्रहरी आयुक्त रणविजय सिंहले कोरोना भाइरसको महामारीका कारण सरकारले महामारी ऐन अनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उनीहरुले उलंघन गरेको बताए । एएनआई
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार