वनसम्बन्धी उच्चस्तरीय छानबीन समितिको प्रतिवेदन कार्यान्वयन माग
नेपालबहस संवाददाता
असोज १५, २०७७ शुक्रबार २:३८:१२
१५ असोज, काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वन सम्बन्धि उच्चस्तरीय छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ । महासंघद्वारा आज जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गठित उक्त छानबीन समितिको प्रतिवेदनमा अधिकांश सुझावहरु वनसँग सम्बन्धित रहेकाले त्यसको कार्यान्वयन गर्दा पुनः वनको अधिकार कटौती गर्ने र सामुदायिक वन उपभोक्ता समूहको स्वायत्ततामा हस्तक्षेप हुन नहुने उल्लेख छ ।
महासंघले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१ लाई वन तथा वातावरण मन्त्रालयले खारेज गर्ने, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई रोकर त्यो बजेटलाई सामुदायिक वन व्यवस्थापन कार्यमा लगाउने तथा सामुदायिक वन उपभोक्ता समूहको साधारणसभाको निर्णयानुसार वन व्यवस्थापन गर्न प्रवन्ध मिलाउनेलगायत ११ बुँदै माग विज्ञप्तिमार्फत गरेको छ ।
त्यस्तै विज्ञप्तिमा महासंघले दिगो विकासको लक्ष्यप्रतिको प्रतिवद्धता र सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई समेत ध्यानमा राखी सामुदायिक वन उपभोक्ता महासंघलगायत सरोकारवालाको सिफारिसमा दिगो वन व्यवस्थापनको मापदण्ड र सूचक तयार गर्ने, वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना बनाउने तथा उपभोक्ता समूहलाई वन पैदावार सङ्कलन गर्न नदिने कार्य रोक्नुपर्नेजस्ता माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार