मादी नदीमा कृत्रिम ताल निर्माण हुने : डीपीआर बनाउन सम्झौता
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १५:५:२३
१६ असोज, दमौली । तनहुँको व्यास नगरपालिका–३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो । कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्यारागन जेभीसँग बिहीबार सम्झौता गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले इकोकोड नेपाल तथा प्यारागन जेभीका प्रतिनिधि प्रवेश अधिकारीलाई सम्झौतापत्र हस्तान्तरण गरे ।
मादी नदीले ओगटेको भूभाग क्षेत्रको आसपासमा बस्ती विकास, विभिन्न उत्पादनमुखी परियोजना सञ्चालन तथा नदी क्षेत्रको संरक्षण गर्ने उद्देश्य राखेर नगरपालिकाले प्रारम्भिक चरणमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । नगरपालिकाले व्यास नगरपालिका–३, ४, ५, ६, ७ र १० अन्तर्गत मादी नदीको १८ किलोमिटर भूभागको गुरुयोजनासहित कृत्रिम ताल निर्माणको प्रकृया अगाडि बढाएको छ ।
एकीकृत विकास परियोजनाको प्रकृया अगाडि बढाइएकोमा गुरुयोजनाको प्रतिस्पर्धामा १३ फर्म छनोट भएका थिए । त्यसमध्ये मूल्याङ्कनबाट इकोकोड नेपाल तथा प्यारागन जेभी छनोट भएको नगरपालिकाले जनाएको छ । उक्त कम्पनीले ६ महिनाभित्र डिपिआर तयार गरेर नगरपालिका समक्ष बुझाउनुपर्ने सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए ।
मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिइएको छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायत संरचना निर्माण गर्ने उद्देश्य छ ।
एक्लेडाँडामा बुद्धको मूर्ति
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडामा बुद्धको मूर्तिसहित पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित उक्त ठाउँमा बुद्धको मूर्ति र अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको हो ।
वडा कार्यालयले गौरवको योजनाको रुपमा सूचीकृत गरेको उक्त ठाउँमा पूर्वाधार निर्माणका लागि डीपीआर तयार भइसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयको रु पाँच लाखको बजेटमा बन्दाबन्दीकै अवधिमा जिओ इन्जिनियरिङ कन्स्लटेन्सीले डीपीआर निर्माण गरेको छ । एक्लेडाँडामा बुद्धको मूर्ति निर्माणका लागि माटो परीक्षणसमेत सम्पन्न भइसकेको छ ।
वडा कार्यालयले नयाँ गन्तव्यको रुपमा उक्त ठाउँको पहिचान गरेको छ । वडाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रबद्र्धन गर्दै लैजाने उद्देश्य राखिएको रेग्मीले बताए । “सम्भावना बोकेर पनि ओझेलमा परेको यस ठाउँलाई उजागर गर्ने उद्देश्यसहित पर्यटकीय गन्तव्य बनाउन खोजेका हौ”, रेग्मीले भने, “चालु आर्थिक वर्षमै यस ठाउँमा पूर्वाधार निर्माणका काम शुरु हुन्छ ।” चालु आर्थिक वर्षमा नगरपालिकाले यसका लागि रु दश लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट बाटो निर्माण, सिढी र रेलिङ निर्माणका काम शुरु गरिनेछ ।
डीपीआर अनुसार बुद्धको मूर्तिसहित अन्य पूर्वाधार निर्माणका लागि करीब रु तीन करोड बजेट अनुमान गरिएको छ । तिब्बतीयन क्याम्प नजिकै भएकाले डाँडामा बुद्धको मूर्ति निर्माण गरिने र पूजाआजाको व्यवस्था पनि मिलाइनेछ । त्यस्तै उक्त ठाउँमा अष्टवाराहीको मूर्ति पनि निर्माण गर्ने प्रस्ताव छ । वडाध्यक्ष रेग्मीका अनुसार यस ठाउँमा पार्क, बनभोज स्थललगायत अन्य पूर्वाधार निर्माण गर्ने योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार