रोहित र पोलार्ड : जसकारण मुम्बई हार्दैन !
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १५:४५:२८
१६ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाबलाई हराएको छ । युएईमा मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्जाब १ सय ४३ रनमै सिमित भएपछि रोहित शर्माको कप्तानीमा रहेको टिम ४८ रनले विजयी भएको हो ।
मुम्बईका लागि रोहित शर्माले ७० र किरोड पोलार्डले ४७ रन बनाएका थिए । पोलार्डले २० बलमा ४ छक्का हानेर टिमको स्कोर उच्च लक्ष्यमा पुर्याएका थिए । जसकारण मुम्बईलाई जित निकालन सहज भयो ।
पन्जाबका लागि निकोलस पुरनले ४४ र मयंक अग्रवालले २५ रन बनाउनु बाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् । पञ्जाबलाई सस्तैमा रोक्न मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याट्टिसनले दुई दुई विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
मुम्बईका लागि अर्धशतक बनाएका रोहितले आईपीएलमा ५ हजार रन पनि पूरा गरेका छन् । जितसँगै मुम्बई आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ अंक भएपनि दिल्ली दोस्रो र राजस्थान तेस्रो स्थानमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार