लेवान्डोस्कीले जिते युईएफए उत्कृष्ट खेलाडीको अवार्ड
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १६:१९:४४
१६ असोज, एजेन्सी । यस बर्षको ‘यूईएफए प्लेयर अफ दि इयर’अवार्ड बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जितेका छन् । सन् २०१९ २० को सिजन उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् ।
लेवान्डोस्कीले मनोनयनमा परेका म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नकै गोलकिपर मानुएल नुएर पछि पार्दै अवार्ड जितेका हुन् । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन मुख्य तीन उपाधि जितेको थियो ।
बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । यस्तै यूईएफए सुपर कप र जर्मन कप समेत बायर्नले जितेको थियो । जसमा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण रहेको थियो ।
गत सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका थिए । लेवान्डोस्कीले फरवार्ड अफ दि सिजन अवार्ड समेत जिते । बायर्नकै जोसुवा किमिचले डिफेन्डर अफ दि इयर अवार्ड जित्दा गोलकिपर अफ दि इयर अवार्ड बायर्नकै म्यानुएल नुएरले जिते ।
मिडफिल्डर अफ दि इयर अवार्ड भने म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएनले हात पारे । प्रशिक्षक अफ दि इयर अवार्ड पुरुषतर्फ बायर्नका हान्सी फ्लिक र महिलातर्फ लियोनका जान लुक भासेरले हात पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार