के होला नेकपाको सचिवालय बैठकमा भोलि ?
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १८:४१:२७
१६ असोज, काठमाडौं । गएको भदौ २९ गते नेकपा स्थायी कमिटी बैठकले पार्टी र सरकार सञ्चालनमा दुई अध्यक्षबीच सहमति र सहकार्य गर्न निर्देशन दिएपछि आन्तरिक रडाको साम्य भएको ठहर नेताहरुले गरे । अब भने प्रधानमन्त्री केपी ओली पार्टी निर्णयलाई शीरोधार्य गरेर मात्रै अघि बढ्ने विश्वास नेतृत्वलाई भयो ।
नभन्दै ओलीले ६ महिना अगाडि सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न प्रतिवद्धता जनाएका थिए । सोही अनुरुप उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिश गरे ओलीले ।
त्यसपछि मन्त्रिमण्डल पुनर्गठन र पार्टी एकताको काम टुंग्याउने प्रकृयामा दुबै अध्यक्ष संलग्न देखिए । गौतमको पदबारे सर्वाेच्च अदालतमा मुद्धा परेपछि पुनर्गठन प्रकृया थोरै अवरुद्ध भयो । तर ओली एकलौटी गर्न भने हच्किएकै थिए । यद्यपि आफू अनुकुल निर्णय गर्न उनी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब भने बढाउँदै थिए । प्रचण्ड पनि सकेसम्म बार्गेनिङ गर्दै अगाडि बढ्ने रणनीतिमा बसे ।
त्यसैले गर्दा पुनर्गठनको विषयले लामो समय लिएको हो । तैपनि गौतमको मुद्धा किनारा लागेपछि पुनर्गठन हुने प्रचण्डको विश्वास थिए । अचानक हिजो बिहिबार ओलीले प्रचण्डका सबै विश्वास खुइल्याइ दिए । मन्त्रिपरिषदको बैठक राखेर तीनवटा महत्वपूर्ण देशका राजदूत र मुख्यसचिव नै एकलौटी निर्णय गरिदिए ।
ओलीको पछिल्लो निर्णयले प्रचण्ड झसङ्ग भएका छन् । अब फेरि पार्टी भित्रको अन्तर्संघर्ष नयाँ शीराबाट सुरु हुने उनले अनुमान लगाए । त्यसैले आज बिहानै उनले प्रधानमन्त्री ओलीसँग भेटेर यसबारे गुनासो गरे । ओलीले सरकारको नियमित प्रकृयामा समेत अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै उल्टो असन्तुष्टी पोखे । स्रोतका अनुसार, आज बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले मुख्य सचिब जस्तो पदमा कसलाई कसरी नियुक्त गर्ने भन्ने विषय विशुद्ध प्रशासनिक भएकाले यसमा पार्टीले अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै दुख पोखे ।
तर प्रचण्ड भने ओलीको तर्कसँग सहमत भएनन् । उनले मुख्य सचिब मात्र नभएर महत्वपूर्ण देशको राजदूत नियुक्त गर्दा पार्टी भित्र सल्लाह नगरेको र एकजना व्यक्तिलाई पटक पटक अवसर दिएको भन्दै विरोध गरे । यसबारे थप छलफल गर्न सचिवालय बैठक नै आह्वान गर्न उनले ओलीलाई आग्रह गरेका छन् । तर ओली भने दुई अध्यक्षबीच बसेर विवाद मिलाउन सकिने भन्दै सचिवालय बैठक नडाक्न सुझाव दिएका थिए । प्रचण्डले ओलीको आग्रह मानेनन् ।
त्यसैले भोलि शनिबार सचिवालय बैठक डाकिएको छ– खुमलटार निकट स्रोतले भन्यो । भोलि बस्ने सचिवालय बैठकले सबै विषयमा थप छलफल गरी एउटा बाटो पहिल्याउने उनले दाबी गरे । ओलीको एकलौटी गर्ने सोच र प्रवृत्ति उस्तै देखिएकाले यसबारे थप छलफल आवश्यक रहेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले समेत सचिवालय बैठकको माग गरेका थिए । तर ओली भने यसको विपक्षमा छन् । त्यसैले भोलिका लागि डाकिएको सचिवालय बैठकमा उनी अनुपस्थित रहे भने विवादले नयाँ रुप लिने विश्लेषकहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार