संसदकाे विशेष अधिवेशनबारे कांग्रेस-जसपाबीच वार्ता
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १९:४९:५
१६ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको निहुँमा सरकारले जनताको मुख थुनेर मनपर्दी गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खबरदारी गर्ने जमर्काे गरेको छ ।
यही साता कांग्रेसकाे पदाधिकारी बैठकले जनताको आवाज बुलन्द गर्न संसदकाे विशेष अधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिएको छ ।जनताका समस्या सुन्ने प्रमुख निकाय संसद अधिवेशन रोकेर नेकपा भने सत्ताको चास्नी वितरणको भुलभलैयामा डुबेको छ ।
नेकपा भित्रको अन्तरद्धन्द्ध भागबण्डा गरेर मिलाउन नेताहरु सहमत भएका छन् । सोही बमोजिम मन्त्रिमण्डल पुनर्गठनदेखि राजनीतिक नियुक्तिमा उनीहरु रमाएका छन् । जनप्रतिनिधिहरुलाई मुक दर्शक बनाएर सरकार मनपरी गर्न उद्यत् भएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब सशक्त प्रतिरोध जरुरी भएको बताए ।
कोभिडको त्राश देखाएर जनतालाई कहिलेसम्म चेपुवामा पार्ने भन्दै उनले सरकारको गैरजिम्मेवार प्रवृत्तिको सबै क्षेत्रबाट प्रतिरोध गर्नुपर्ने बताए । सरकार जनताप्रति क्रुर बनेकाले प्रतिपक्षी दल जिम्मेवार हुनुपर्छ भन्दै अब संसदकाे विशेष अधिवेशन बोलाउन लाग्नुपर्ने उनको तर्क छ ।
यसका लागि संसद्मा एक चौथाई सदस्यले लिखित रुपमा माग गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले कांग्रेस त्यतातिर अग्रसर भएको पनि प्रवक्ता शर्माले बताए । संविधानको धारा ९३ को उपधारा ३ मा संसदकाे विशेष अधिवेशनबारे उल्लेख गरिएको छ । प्रतिनिधिसभाको अधिवेशन चालु नरहेका बेला एक चौथाई सदस्यले विशेष अधिवेशन बोलाउन बाञ्छनीय छ भनी लिखित आग्रह गरेको खण्डमा राष्ट्रपतिले विशेष अधिवेशन बोलाउने स्थान र मिति तोक्ने छ भनी संविधानमा उल्लेख गरिएको छ ।
उक्त प्रावधान बमोजिम अहिले विशेष अधिवेशन माग गर्न कुल सदस्य संख्याको एक चौथाई अर्थात ६९ जना सदस्यको लिखित हस्ताक्षर आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग अहिले प्रतिनिधिसभामा ६३ जना सांसद मात्रै रहेको अवस्था छ । त्यसैले हामीलाई बाँकी ६ जना सांसदकाे लिखित हस्ताक्षर आवश्यक छ, त्यो अन्य विपक्षी दलसँग सल्लाह गरेर पूरा गर्ने तयारी भइरहेको जानकारी प्रवक्ता शर्माले दिए ।
यसबारे जनता समाजवादी दलसँग छलफल भइरहेकाले केही दिनमै यसबारे टुंगो लाग्ने पनि उनले बताए । तीन दिनअघि मात्रै कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको थियो । कांग्रेसको आगामी असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पनि छलफल गरिने उनले बताए ।
यसबारे कांग्रेसले आफ्नो पार्टीसँग सामान्य छलफल गरेको जानकारी जनता समाजवादी दलका नेता राजकिशोर यादवले बताए । सामान्य कुरा भएपनि ठोस रुपमा छलफल हुन बाँकी रहेको भन्दै यादवले कांग्रेसको यो प्रस्तावलाई पार्टीले सकारात्मक रुपमा लिएको बताए । हामी पनि सरकारको पछिल्लो गतिविधिप्रति असन्तुष्ट छौं , त्यसलाई भण्डाफोर गर्न संसदकै विशेष अधिवेशन बोलाएर गर्नुपर्ने आफ्नो राय रहेको उनले बताए ।
विशेष अधिवेशन बोलाइएको अवस्थामा सरकारको भ्रष्टाचार , जनजीविकाको सवालमा भएको बेवास्ता र कोरोनासँग लड्न सरकारले देखाएको लापरबाहीप्रति गम्भिर बहस गरिने नेता यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार