हट्यो अस्ट्रेलिया, न्यूजील्यान्डबीच यात्रा अबरोध, जोखिम निकै कम
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार २१:२३:५१
१६ असोज, क्यानबेरा । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै रोकिएको अस्ट्रेलिया र न्यूजील्यान्डबीच यात्रा आंशिक रुपमा खुला भएको छ । अस्ट्रेलियाका यातायात मन्त्री माइकल म्याककोर्माकले न्यूजील्यान्डका यात्रुहरुले अस्ट्रेलियाका सिड्नी र डार्बिनमा बिना क्वारेन्टिन हवाई यात्रा गर्न सक्ने जानकारी दिए । तर यस्ता यात्रुहरु न्यूजील्यान्डमा कोभिड–१९ को हटस्पटका रुपमा परिचित क्षेत्रभन्दा बाहिर करिब दुई साता बसेको हुनुपर्नेछ ।
तर न्यूजील्यान्डले भने अस्ट्रेलियाबाट आउने सबै यात्रुलाई दुई साता होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । उक्त नियममा फेरबदल गर्न न्यूजील्यान्डले अस्वीकार गर्दै आएको छ । मन्त्री म्याककोर्माकले आफूहरु जतिसक्दो चाँडो विश्वका लागि खुला गर्न प्रयासरत रहेको जानकारी दिँदै न्यूजील्यान्ड पहिलो चरणमा खुला गरिएको बताए । उनले न्यूजील्यान्डबाट कोरोना संक्रमण फैलिने जोखिम निकै कम देखिएको पनि बताए।
मन्त्री म्याककोर्माले दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडले न्यूजील्यान्डबाट आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको पनि जानकारी दिए । तर अस्ट्रेलियाबाट न्यूजील्यान्ड जान चाहने अस्ट्रेलियाली नागरिकका सम्बन्धमा न्यूजील्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डेनले निर्णय गर्न बाँकी रहेको उनले बताए ।
अस्ट्रेलियाका विभिन्न राज्यहरुले कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै आम मानिसको यात्रामाथि प्रतिबन्धहरु घोषणा गरेका छन् । खासगरी भिक्टोरिया राज्यले कडा नियम अघि सारेको छ जहाँ कोरोना भाइरसबाट देशभर ८८८ जनाको मृत्यु भएकामा भिक्टोरियामा मात्र ८०२ जनाको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार