कोरोना कहर : १५३ वर्षमा रोकियो रामलीला मञ्चन
नेपालबहस संवाददाता
असोज १६, २०७७ शनिबार ०:१४:५४
१६ असोज, राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यो वर्ष नहुने भएको छ ।विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन यो वर्ष कोरोना महामारीका कारण पहिलोपटक स्थगित गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस महामारीको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको सो मञ्चन नगर्ने निर्णय भएको हो । एक सय ५३ औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको उक्त मञ्चनलाई यसपटक कोरोना महामारीका कारण सार्वजनिक रुपमा नमनाइए पनि प्रतिकात्मकस्वरुप सोही स्थानमा पूजापाठ गरिने छ ।
नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो पर्व भब्य रुपमा मनाउने गरिन्थ्यो । रामलीलामा भारत तथा नेपालका कलाकारले मञ्चन गर्दै आएका थिए । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ ।
कार्यक्रम स्थगित गरिए पनि अहिलेको विषम परिस्थितिमा अन्य कार्यक्रमका स्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न विष्णुलाल कुमालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । यसको एउटा महत्वपूर्ण अङ्ग श्रीराम चरित्र वाचन गरिने भएको छ । नौ दिनसम्म वाचन गरेपछि दशौँदिन हवन गरेर प्रतिकात्मक कार्य सम्पन्न गर्ने गरी कार्यक्रम तय भएको कार्यक्रमस्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न गठित कार्यदलका संयोजक कुमालले जानकारी दिए ।
रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो । भारतको वृन्दावनबाट आउने कलाकारको टोलीले रामलीला मञ्चन गर्ने परम्परा रहेको थियो । रामलीलाले धार्मिक र सांस्कृतिक सन्देशसँगै आपसी एकता तथा भ्रातृत्व भावमा मद्दत पु¥याउँदै आएको विश्वास गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नयाँ पिँढीका युवालाई पनि धेरै पाठ सिकाउन सफल भएको बताए।
यो वर्ष नभएपनि पुर्खाले जोगाउँदै आएको रामलिलालाई अहिलेको पुस्ताले निरन्तरता दिएर जोगाउन आवश्यक रहेको सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले उल्लेख गरे ।
सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । विगतमा भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको वैश्यले स्मरण गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
सोमेश्वर मन्दिरमा दुई लाख बढी भक्तजनले दर्शन गरे
बैशाख ६, २०८१ बिहिबार
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार