राप्रपा संयुक्तको नाै सदस्यीय वार्ता टोली गठन
नेपालबहस संवाददाता
असोज १६, २०७७ शनिबार ३:५५:४९
१६ असोज, पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकीकरण प्रक्रियाले पाँचथरमा गति लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को तर्फबाट वार्ता टोली गठन भए यता जिल्ला तहको एकता प्रक्रियाले मूर्त रुप लिन थालेको हो ।
राप्रपा (संयुक्त) र तत्कालीन राप्रपाबीच केन्द्रीय स्तरमा एकता भई निर्वाचन आयोगमा दल दर्ता भएपछि जिल्ला समितिहरूको समायोजन आरम्भ भएको बेला, राप्रपा (संयुक्त) पाँचथरले शुक्रबार वार्ता टोली गठन गरेको हो ।
जिल्ला अध्यक्ष राजकुमार जोशीको अध्यक्षतामा राप्रपा पार्टी कार्यालयमा बसेको बैठकले एकीकरण प्रक्रिया सकारात्मक निष्कर्षमा पुर्याउने हेतुले नाै सदस्यीय वार्ता टोली गठन गरेको छ । उपाध्यक्ष कृष्णबहादुर योङहाङको संयोजकत्वमा गठन भएको समितिले एकताबारे सम्पूर्ण समन्वय र व्यवस्थापन गर्ने बताइएको छ । वैठकमा राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङको उपस्थिति रहेको थियो ।
योङहाङको नेतृत्वमा गठन भएको समितिमा उपाध्यक्ष कमल चेम्जोङ, सचिव कमल कुमार राई, कोषाध्यक्ष लक्ष्मी राई लगायत जिल्ला सदस्यहरू नेत्रप्रसाद लावती, कल्पना राई, राम तामाङ, हरी घिमिरे र दल शम्शेर बराइली सदस्य छन् ।
यसैबीच राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपालको पाँचथर जिल्ला समितिले देशमा राष्ट्रवादी शक्ति र प्रजातान्त्रिक विकल्पको आवश्यक्ता ठहर गर्दै राप्रपा एकताको स्वागत गरेको छ । ट्रेड यूनियन महासंघ पाँचथरका अध्यक्ष राम तामाङको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले राप्रपा (संयुक्त) र तत्कालीन राप्रपाका जिल्ला समितिका समायोजन सौहादपूर्ण रहने विश्वास लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार