कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई एम्बुलेन्स
नेपालबहस संवाददाता
असोज १७, २०७७ शनिबार १३:२५:१०
१७ असोज, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘कास’ जुम्लालाई अत्याधुनिक एम्बुलेन्स उपलब्ध भएको छ । भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई एम्बुलेन्स प्राप्त भएको हो । कोरोना भाइरसको चपेटामा परेको कर्णालीका लागि भएको एम्बुलेन्स सहयोगले कर्णालीवासीको स्वास्थ्य सेवा प्रवाह सहज हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. मङ्गल रावलले जानकारी दिए।
डा।रावलले भने “दूतावासले यो वर्ष नेपाललाई तीनवटा अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको छ । ती तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका छन् ।” एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोरजी मोबाइल डिभाइस जडान गरिएको उनले जानकारी दिए ।
महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीमा यस वर्ष भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र छ बस प्रदान गरेको थियो । सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार