कोरोना संक्रमणपछि ट्रम्प अस्पतालमा भर्ना
नेपालबहस संवाददाता
असोज १७, २०७७ शनिबार १३:३१:२२
१७ असोज, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।
उनी हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत रहेका छन् । उनलाई आज बिहानबाट ज्वरो आएको चिकित्सकहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।यसअघि शुक्रबार बिहान उनले ट्वीट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए।
संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएकाले होम आइसोलेसनमा बसेका ट्रम्प थकान महसुस गर्नाका साथै उनमा कोभिड-१९ काे हल्का लक्षण पनि देखिएपछि अस्पताल भर्ना भएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
अस्पताल प्रस्थान गर्नुअघि ट्रम्पले आफूहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति पदको चुनावका प्रतिस्पर्धी जो बाइडेन लगायतले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार