कांग्रेस नेता केसीसहित ४ जनामा कोरोना पुष्टि
नेपालबहस संवाददाता
असोज १७, २०७७ आइतबार ३:६:५०
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कांग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् ।
कांग्रेसले बिहीवार १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमा रिपोर्ट आएकामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।
१५गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड१९पोजिटिभ भएको रिपोर्ट रातोपाटी र नबकान्ती पुर बाट थाहाभयो।पार्टी बाट अझै खबर नहुनु दुःखद र खेदजनक छ।आजै देखि सेल्फ क्वारेन्टाइन मा छु।म संग सम्पर्क मारहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य ठिक रहेको कुरा आग्रह गर्दछु
— Arjun Narasingha Kc (@ArjunNarasingha) October 3, 2020
स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन । सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र परीक्षण गरेको र पीसीआर रिपोर्ट नेगेटिभ आएकाले उनीहरूको परीक्षण गरिएको थिएन ।
यसैबीच, नेता केसीले आजैदेखि सेल्फ क्वारेन्टाइन बसेको नेपालबहस डटकमलाई जानकारी दिएका छन । साथै उनले आफुसँग सम्पर्क रहेका सबैलाई परीक्षण गर्न पनि आग्रह गरेका छन् । आफुलाई कोरोना पुष्टि भएको खबर पार्टीबाट अझै नहुनु दुःखद र खेदजनक रहेको पनि उनले बताएका छन् । केसीको अवस्था सामान्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार