बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
असोज १७, २०७७ आइतबार ४:३०:३८
१७ असोज, राँझा । बाँकेमा कोरोना संक्रमणबाट आज साँझ थप एक पुरुषको मृत्यु भएको छ । मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, स्वास्थ्यमा समस्या आएपछि असोज १५ गते बिहान १० बजे भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएको उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत विरामीको अवस्थामा सुधार आउन नसकेर उपचारकै क्रममा उनको मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार