स्वरोजगार बन्दै दृष्टिविहीन युवा
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १४:२३:१
१८ असोज, राँझा । नेपालगञ्जमा दृष्टिविहीन युवा सामूहिकरूपमा मसला प्रशोधनमा लागेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० आदर्शनगरमा मसला प्रशोधन तथा प्याकिङ गरी उपभोक्ताको घरघरमै पुगेर बिक्री वितरण गर्ने गरिएको समूहका संयोजक ३३ वर्षीय समिप चौधरीले बताए । उनका अनुसार गत असारदेखि शुरु गरेको यो व्यवसायमा १८ युवायुवती संलग्न रहेका छन् । बाँके, बर्दिया र दाङका दृष्टिविहीन र कम दृष्टि भएका युवायुवतीले गाउँमा उत्पादित मसलाको प्रशोधन एवं प्याकिङ गर्ने र त्यसलाई घरघरमै लगेर बेचिरहेका छन् ।
“दृष्टिविहीन आफैले कमाउन सक्छन् भन्ने देखाउनका लागि हामीले यो व्यवसाय शुरु गरेका छौँ”, चौधरीले भने, “भविष्यमा शिक्षण पेशाबाहेक के काम गर्न सकिएला र भन्ने लागेको तर अहिले व्यवसायमा लागेपछि यो चिन्ता हटेको छ ।”
सशक्तिकरण युवा समूहमार्फत सङ्गठित भएर आत्मनिर्भरको लागि काम थालेको बाँके राप्तीसोनारी गाउँपालिका निवासी २३ वर्षीय आशाराम थारूले बताए । समूहमा आवद्ध युवायुवतीले आफ्ना उत्पादनहरु लिएर गाउँगाउँमा पुग्छन् । त्यसबाट उपभोक्ताको रुचि र धारणा बुझ्न पाइरहेको थारूको भनाइ छ । उनीहरुले गाउँगाउँबाट धनिया, अदुवा, बेसारलगायत अग्र्यानिक मसला ल्याएर प्याकेजिङ गरी बेच्ने गरेका छन् । मसला पिस्नका लागि साना तथा घरेलु उद्योग कार्यालय बाँकेबाट अनुदानमा तीन थान मेसिन पाएका छन् ।
आफूहरुले नै मेसिन चलाउन सिकिसकेकाले विस्तारै मसला उद्योग नै सञ्चालन गर्ने योजना रहेको थारू बताउछन । काममा खटिनेलाई मसला बेचेर आएको मुनाफाबाट पारिश्रमिक पनि दिने गरिएको छ । आत्मनिर्भर नहुँदा परिवारका सदस्यले पनि बोझको रूपमा हेर्ने गरेकामा काम गर्न थालेपछि घरपरिवार र समाजको समेत सोचाइ फेरिएको उनले उल्लेख गरे ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दृष्टिविहीन युवाहरु आफैँ स्वरोजगार हुनु उदाहरणीय कार्य भएको बताउँदै सङ्घबाट आवश्यक सीप तथा सहयोगको पहल गर्ने उल्लेख गरे । “कामप्रतिको रुचि, इच्छाशक्ति र योजना भए सफलता हासिल गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण पनि हो”, अध्यक्ष मन्सुरीले भने, “कुनै पनि काम शुरु गर्नासाथ सफलता हासिल हुन नसके पनि त्यसलाई निरन्तरता दिन सके अवश्य पनि सफलता प्राप्त हुने भएकाले योजनाका साथ लाग्न सक्नुपर्दछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार