डा.केसीलाई भेट्न रोक, डाक्टरको प्रदर्शन
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १७:२४:१७
१८ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसिरहेका डा.गोविन्द केसीलाई भेट्न रोक लगााइएको छ । कोरोना संक्रमणको उच्च जोखिम भएपछि डा.केसीसँगको भेटघाटमा रोक लगाइएको हो ।
अनसनको आज २१ औँ दिन स्वास्थ्य अवस्था जटिल हुनुका साथै कोरोना संक्रमणको जोखिम समेत बढेपछि भेटघाटमा रोक लगाइएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् । यसअघि हिजो डा.बाबुराम भट्टराई र अस्ति पूर्वराष्ट्रपति डा.रामवरण यादवले डा.केसीसँग भेटवार्ता गरेका थिए ।
अनसन लम्बिदै जाँदा उनको स्वास्थ्य अवस्था समेत जटिल बनेको छ । तर अहिलेसम्म सरकारले माग सुनुवाईका लागि कुनै पहल गरेको छैन् । लामो समयसम्म पनि सरकारले बेवास्ता गरेपछि शिक्षण अस्पतालमा डाक्टरहरुले विरोध प्रदर्शन गर्ने भएका छन् ।
आइतबार दिउँसो १ बजेदेखि उनीहरुले पेनडाउन गरेर अस्पताल अगाडी विरोध प्रदर्शन गर्ने भएका छन् । कर्णाली लगायतका विकट क्षेत्रमा एमबीबीएस पठनपाठन हुनुपर्ने माग गर्दै डा.केसी गएको भदौ २९ गतेदेखि अनसन बसिरहेका छन् । जुम्लाबाट अनसन शुरु गरेका उनी अहिले काठमाडौंको शिक्षण अस्पतालबाट अनसनलाई निरन्तरता दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज 'ए' टिमको लगेज लोड गरेको गाडीको तस्बिर बन्यो भाइरल, क्यानको तीव्र आलोचना !
बैशाख १२, २०८१ बुधबार