नेताहरुमा कोरोना संक्रमण, महत्वपूर्ण बैठक रोकिए
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १८:९:२
१८ असोज, काठमाडौं । कोरोना कहरको वास्तविक प्रभाव नेपाली राजनीतिक क्षितिजमा बल्ल अनुभूत हुन थालेको छ । प्रधानमन्त्री केपी ओली निवासमा दिनहुँ आवतजावत गर्ने सल्लाहकार टीमदेखि सुरक्षामा खटिएकाहरुमा कोरोना पोजेटिभ देखिएपछि बालुवाटारमा खैलाबैला मच्चिएको छ ।
यद्यपि प्रधानमन्त्री ओली भने अहिलेसम्म सुरक्षित रहेको बताइएको छ । बिहीबार गरिएको स्बाव परीक्षणमा ओलीको रिपोर्ट नेगेटिभ आएको छ । तर बिहीबार र शुक्रबार ओलीले आफ्ना सल्लाहकार टीमसँग निकट छलफल गरेका थिए । तीमध्ये प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहाकार सूर्य थापा र मुख्य स्वकीय सचिव इन्द्र भण्डारीसँग ओलीले शुक्रबार बाक्लै भेटेको बालुवाटार स्रोतले जनाएको छ ।
त्यसपछि भने ओलीको स्वाब परीक्षण भएको छैन् । त्यसैले ओली उच्च सतर्कताका साथ बालुवाटारमा रहेको बताइएको छ । प्रधानमन्त्रीलाई केही दिन कसैसँग पनि नभेट्न चिकित्सकहरुले सुझाएका छन् । ओलीका निजी चिकित्सक डा. दिब्या सिंह शाहसमेत कोरोना पोजिटिभ भएर आराम गरिरहेकी छन् ।
त्यही भएकाले आज साँझका लागि तय गरिएको नेकपाकाे सचिवालय बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । आज साँझ ४ बजेका लागि बैठक डाकिएको थियो । हिजैका लागि उक्त बैठक डाकिएको भएपनि ओलीले केही गृहकार्य गर्न बाँकी भन्दै आजका लागि सारेका थिए । तर हिजै बालुवाटारमा कोरोना संक्रमण व्यापक भएको खबर बाहिरिएपछि भने बैठक अनिश्चित भएको हो ।
सल्लाहकार टीममा मात्र नभई सुरक्षाका लागि खटिएका करिब ६० जनामा समेत कोरोना पोजिटिभ देखिएको छ । त्यसैले बालुवाटार अहिले काेराेनाकाे हटस्पट बनेको छ– स्रोतले भन्यो । एकपटक सबैमा त्राश बढेको देखियो । बालुवाटारमा फैलिएको यो त्राशले प्रधानमन्त्री ओलीलाई भने राहत दिएको छ । गएको बिहीबार उनले एकलौटी रुपमा राजदूत लगायत राजनीतिक प्रकृतिका नियुक्ति गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु झलनाथ खनााल र माधवकुमार नेपाल आक्रोशित भएका थिए ।
उनीहरुकै दबाबमा स्थायी कमिटी बैठक डाकिएको थियो । ओली स्वयं भने बैठक गर्न राजी भएका थिएनन् । त्यसैले तत्काललाई राजनीतिक रुपमा भने ओलीको खड्गो केही दिनलाई टरेको छ , तर यो विषय त्यतिकै सेलाउने चाहिं होइन – प्रचण्ड निकट स्रोतले भन्यो । बालुवाटारमा व्याप्त कोभिड आतंक अलि शान्त भएपछि यो सन्दर्भले फेरि राजनीतिक माहोल तताउने छ– स्रोतको भनाई छ ।
उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही शीर्ष नेतामा समेत कोभिड देखिएको छ । वरिष्ठ नेता अर्जुननरसिंह केसी, युवानेता गगन थापालगायत आधा दर्जन केन्द्रीय नेताहरुमा कोभिड भाइरस देखिएपछि भोलिका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टी कार्यालय नै पाँच दिनका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए ।
भोलिका लागि डाकिएको बैठकपनि अब केही दिनका लागि स्थगित भएको छ तर अर्काे मिति भने पछि तोकिने छ – प्रवक्ता शर्माले भने । भोलिका लागि डाकिएको बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरुको स्वाब असोज १५ गते संकलन गरिएको थियो । त्यसमध्ये ६ जना केन्द्रीय सदस्यहरु तथा त्यति नै संख्यामा कर्मचारी एवं सुरक्षाकर्मीमा समेत कोरोना देखिएको छ ।
भोलि बस्ने बैठकले महाधिवेशनको नयाँ मिति तय गर्ने सम्भावना रहेको थियो । त्यस्तै असन्तुष्ट पक्षले उठाएका माग बारेमा पनि छलफल हुने अनुमान गरिएका थियो । आजै मात्र पदाधिकारी बैठक बोलाइएको थियो । तर सो बैठकसमेत स्थगित भएको छ । त्यसैले बैठकको नयाँ मिति पछि तोकिने छ– प्रवक्ता शर्माले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार