अनसनरत डा.केसीसँग तत्काल वार्ता थाल्ने कांग्रेसको माग
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार २१:५९:३३
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसले अनसनरत डा.गोविन्द केसीसँग तत्काल वार्ता थाल्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै अनशनरत डा. गाविन्द केसीसँग तत्काल वार्ता थालेर उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेका हुन् ।
डा.केसीको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै नेपाली कांग्रेसले तत्कालै वार्ता थाल्न माग गरेको हो । अन्यथा अवस्था राम्रो नहुने पनि देउवाले चेतावनी दिएका छ्न । ‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु’ देउवाले विज्ञप्तीमा भनेका छन् ।
२१ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा आजदेखि अक्सिन मास्क लगाइएको छ । तर सरकारले अहिलेसम्म डा.केसीका मागका विषयमा छलफल समेत गरेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार