तीन महिनामा समातिए १ सय ६३ फरार प्रतिवादी
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १२:५६:५४
१९ असोज, दमौली । तनहुँको देवघाट गाउँपालिका–२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मंसिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो । जिउ मास्ने उद्योगमा कैद सजाय तोकिएका उनी त्यसयता फरार सूचीमा थिए । प्रहरीले उनीलाई २८ वर्षपछि आइतबार पक्राउ गरेको छ ।देवघाट–४ का सनबहादुर थापालाई सोही अदालतले विसं २०६३ कात्तिक १२ गते एक महिना कैदको फैसला सुनायो ।
सवारी ज्यान मुद्दामा कैद तोकिएका थापालाई प्रहरीले १४ वर्षपछि आइतबार पक्राउ गरेको छ । यी दुई घटना त उदाहरण मात्रै हुन् । अदालतबाट सजाय तोकिएका विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान नै चलाएको छ । प्रहरीको अभियान अन्तर्गत असार पहिलो सातादेखि यही असोज १८ गतेसम्म १ सय ६३ फरार प्रतिवादी पक्राउ परेका छन् ।फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत आइतबार मात्रै प्रहरीले २४ जनालाई पक्राउ गरेको जिप्रकाका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार एक, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार सात, सम्बन्ध बिच्छेद मुद्दामा फरार दुई, केही सार्वजनिक अपराध मुद्दामा फरार पाँच, दर्ता बदर सार्वजनिक गरी पाउँ मुद्दामा फरार दुई, जालसाजी मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका प्रतिवादीले रु २५ देखि रु २२ हजारसम्म जरीवाना तथा ७ दिनदेखि दुई वर्ष ९ महिना सम्म कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ । प्रहरीका अनुसार असार महिनामा ६, साउनमा ४२, भदौमा ५२ र असोजमा ६० जना पक्राउ परेका छन् । पक्राउ परेका प्रतिवादीबाट रु २४ लाख भन्दा बढी जरीवाना असुल गरिएको छ । प्रहरीले फरार प्रतिवादी पक्राउ गर्नका लागि विशेष टोली नै बनाएको छ । जिप्रकाका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले गल्ती गरेपछि कारवाही भोग्नैपर्छ भन्ने सन्देश दिन प्रहरी सफल भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार