लिभरपुलको अहिलेसम्मकै लज्जास्पद हार
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १४:२५:४६
१९ असोज, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले अहिलेसम्मकै लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७ २ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा एस्टनलाई सानदार जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक गरे । यस्तै ज्याक ग्रेयलिसले दुई गोल गर्दा जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे ।
लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काएपनि त्यो पर्याप्त भएन । सन् १९६३ पछि पहिलो पटक लिभरपुलले ७ गोल व्यहोरेको हो । सन् २०१९ को जनवरीपछि लिभरपुलको यो चौथो हार हो ।
गत सिजन अन्तिम खेलसम्म रेलिगेशनका लागि संघर्ष गरिरहेको भिल्लाले सन् १९६२ पछि पहिलो पटक प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ । उसले सुरुवाती तीनै खेलमा शतप्रतिशत जित आत्मसाथ गर्दै लिगको दोस्रो स्थानमा छ ।
भिल्लाले पहिलो पटक च्याम्पियन क्लबलाई घरेलु मैदानमा पराजित गरेको हो । सन् १९९८ को डिसेम्बरमा उसले आर्सनलमाथि ३–२ को नतिजा आत्मसाथ गरेको थियो । एस्टन भिल्लाले प्राप्त गरेको जितलाई यस सिजनकै अप्रत्यासीत नतिजा मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार