कृषि तथा वन विज्ञान विविमा शैक्षिक गतिविधि सञ्चालन
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १७:२२:८
१९ असोज, रत्नननगर । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ उपकुलपतिको आगमनसँग विश्वविद्यालयमा केही सुधारको सङ्केत देखिएको छ । लामो समयसम्म बन्द हडतालका कारण अस्तव्यस्त भएको विश्वविद्यालयमा गत वर्ष कात्तिकबाट रोकिएका परीक्षाफल प्रकाशित भएका छन् भने अन्य शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालन भएका छन् । विद्यार्थीहरु नवौँँ सेमेस्टरका पुग्दा पनि छैटौँ सेमेस्टरको परीक्षाफल आएको थिएन । अब रोकिएका परीक्षा र परीक्षाफल पुनः सञ्चालन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका कुलपति डा पुण्यप्रसाद रेग्मीले रोकिएका शैक्षिक गतिविधिहरु पुनः सञ्चालन भएको बताए । “अनलाइन पद्धतिबाट परीक्षा लिने गरी नयाँ निर्देशिका जारी गर्दैछौँ”, उनले भने, “अब कुनै पनि गतिविधि रोकिँदैन ।” अनलाइनबाट प्राध्यापकहरुले पठनपाठन शुरु गरे पनि कोभिड–१९ का कारण परीक्षा भने लिन सकिएको थिएन । उपकुलपति डा रेग्मीले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भारतलगायत अन्तर्राष्ट्रिय देशका विश्वविद्यालयको शैक्षिक गतिविधि अध्ययन गरी यहाँ लागू गरिने जानकारी दिए ।
विश्वविद्यालयमा रहेका समस्यालाई समाधान गर्न डिन, प्राध्यापक, कर्मचारी एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । नयाँ निर्देशिका जारी भएसँगै अनलाइन पद्धतिबाटै परीक्षा हुने लगभग पक्का भएको छ । विश्वविद्यालयमा दुई महिनादेखि विभिन्न माग राख्दै यहाँका कर्मचारी तालाबन्दी गरेका थिए । विश्वविद्यालय प्रशासन जायज माग सम्बोधन गर्न तयार देखिएसँगै ठप्प रहेको विश्वविद्यालयले गति लिएको छ ।
तेह्र महिनापछि विश्वविद्यालयले नयाँ कुलपति पाएसँगै अन्योलमा रहेका विद्यार्थीलाई राहत मिलेको छ । विश्वविद्यालयका भेटेरिनरी सङ्कायका डिन मातृका जमरकट्टेलले रोकिएका गतिविधिहरु शुरु भएको बताए । कार्यालय समयभन्दा एकदुई घण्टा बढी समय दिई यसको व्यवस्थापनमा जुटेको उहाँको भनाइ छ । “सैद्धान्तिक विषयमा परीक्षा लिन समस्या छैन”, उनले भने, “प्रयोगात्मक परीक्षाका लागि पनि व्यवस्थापन मिलाउनेबारे छलफल भइरहेको छ । भेटेरिनरीको प्रयोगात्मक अलि फरक हुने भएकाले विद्यार्थी उपस्थित हुनैपर्छ ।”
कोभिडका कारण सानो सानो समूह निर्माण गरेरै भए पनि प्रयोगात्मक परीक्षा लिनेबारे तयारी गरिरहेको डिन जमरकट्टेलले जानकारी दिए । भेटेरिनरी सङ्कायमा फिल्ड, ल्याब र क्लिनिकल प्रयोगात्मक हुने गर्दछ । देशमा कृषि क्रान्ति गर्ने उद्देश्यसहित २०६८ सालमा विश्वविद्यालय स्थापना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार