नेपालगञ्जमा बजार विस्तारको काम शुरु
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १८:११:३७
१९ असोज,नेपालगञ्ज । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपालगञ्ज उपमहानगरपालिकाको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरुआत गरिएको छ । दुई दशक पुरानो एकलैनी बिस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयको अवरोधका कारण अघि बढ्न सकेको थिएन । स्थानीय वडा कार्यालयहरुको समन्वयमा स्थानीयलाई सहमतिमा लिएर विस्तारको काम शुरु गरिएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिए ।
उक्त बजार क्षेत्रमा दुई छेउ नालासहितको सात मिटरको पक्की सडक निर्माणको काम शुरुआत गरिएको र दुई महिनाभित्र सक्ने योजना नगरपालिकाले तय गरेको छ । नाला र सडक निर्माणका लागि उपमहानगरपालिकाको आन्तरिक कोषवाट झण्डै रु २२ करोड छुट्याइएको उनले बताए ।
स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको तीन बर्ष पुग्न लाग्दा समेत विवादका कारण एकलैनी बजार क्षेत्र विस्तार योजनाको काम अघि बढन् सकेको थिएन । नेपालगन्ज—३ का वडाध्यक्ष मोहम्मदआयुब सिद्दीकीले भने,“लामो समयको खिचातानीपछि अहिले एकलैनी क्षेत्रका स्थानीयहरु घर भत्काउन सहमत भएका छन् । ”
नेपालगञ्ज सानो हुँदा सबै कारोबार एकलैनी बजारबाट हुने गथ्र्यौ ।
समय क्रमसंगै नेपालगन्जले आकार लिदै गएपनि यो क्षेत्र भने खुम्चिएकै स्वरुपमा छ । मोटर जान नसक्ने तीन मिटरभन्दा सानो वाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको लगायत साँघुरोपनको अवस्था एकलैनीले बर्षौदेखि भोग्दै आएको छ । बजार विस्तार हुन नसक्दा यो क्षेत्रवाट श्रृंगार र दैनिक उपभोग्य बस्तुको पसल बाहेक अन्य पसलहरु विस्तारित क्षेत्रमा सर्दै गएका छन् । “आप्पनो बजार क्षेत्रमा कारोबार नै नहुने अवस्था देखिएपछि त्यहाका स्थानीय बाध्य भएर सहमतिमा आएका हुन् ।
”नगर प्रमुख राणाले भने ।यसका साथै एकलैनी विस्तारका लागि अहिले चारैतिरबाट दबाब बढ्दै गएको थियो । झण्डै पाँचहजार घरधुरीको बसोबास रहेको यो बजार क्षेत्रमा योजना अन्तर्गत चौडा सडक र नाला निर्माण हुने योजना रहेको नगर प्रमुख राणाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार