शुक्रबार , कार्तिक १४, २०७७

धनगढी उप–महानगरपालिकालाई मुक्तिनाथ विकास बैंकद्वारा पानी ट्याङकी हस्तान्तरण

धनगढी उप–महानगरपालिकालाई मुक्तिनाथ विकास बैंकद्वारा पानी ट्याङकी हस्तान्तरण

१९ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि दिपक थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरेका छन् । धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको हो ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटर्वक अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएकोसमेत बैंकले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दशैँको टीका विजयादशमीको तीनदिनपछि लगाउँदै दशैँको टीका विजयादशमीको तीनदिनपछि लगाउँदै १४ घण्टा पहिले
देहरादूनमा एकेडेमीका अध्यक्षद्धारा ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट देहरादूनमा एकेडेमीका अध्यक्षद्धारा ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट २२ घण्टा पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक कार्तिक २१ गते बस्ने कांग्रेसको केन्द्रीय समिति बैठक कार्तिक २१ गते बस्ने १८ घण्टा पहिले
सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने १४ घण्टा पहिले
विभागबाट तयार भएर आएका स्मार्ट लाइसेन्स धान खेतमा ! विभागबाट तयार भएर आएका स्मार्ट लाइसेन्स धान खेतमा ! १९ घण्टा पहिले
ट्वीटर ह्यान्डल ‘शीतलनिवास’ ‘डिएक्टिभ’ ! ट्वीटर ह्यान्डल ‘शीतलनिवास’ ‘डिएक्टिभ’ ! २२ घण्टा पहिले
‘रअ’सँगकाे भेटवार्ताका विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह ‘रअ’सँगकाे भेटवार्ताका विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह ११ घण्टा पहिले
बाँकेमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर, ४१ मध्यम २२ सामान्य बाँकेमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर, ४१ मध्यम २२ सामान्य २० घण्टा पहिले