जसले २८ दिने आफ्नै बच्चालाई जंगलमै छाडे…
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार ०:२३:१०
१९ असोज, सल्यान । एउटाको पहिल्यै विवाह भएर राम्रै घरजम थियो । अर्काको घरजम त भयो । तर बीचैमा डिभोर्स । दुई जनाको भेट भारतको उत्तराखण्डमा भएको हो । घरजम भएपनि परिवार नेपालमै रहेकाले एक्लै रहेका दानबहादुर भण्डारीले सहयात्री खोजिरहेका थिए ।
सल्यान शारदा नगरपालिका २ पानीपोखरीका भण्डारी लामो समयदेखि एक्लै बस्दा जीवन नुनबिनाको तरकारी सम्झिन्थे । यत्तिकैमा भेटिइन्, सल्यानकै शान्ता परियार । जो आफ्नो घरबार सफल पार्न नसकेर डिभोर्सको पीडामा थिइन् ।
यी पीडा भुलाउन उनी पनि भारत पुगिन् । भण्डारीकै छेउछाउमा उनले पनि डेरा जमाइन् । दुवै विवाहित भएपनि एक्ला थिए । शान्ताको त विवाह पनि टुटिसकेको थियो । एक्लाएक्लै भएपछि एक अर्काले नजिकको महसुस गर्न थाले ।
एक दुई दिन गर्दागर्दै उनीहरुबीचको भेटघाट प्रेममा परिणत भयो । प्रेमपछि उनीहरु सँगसँगै बस्न थाले । भारतमा त्यो पनि नजिकमा आफन्त नभएपछि उनीहरु परिवारकै रुपमा बस्न थाले । तर परिवार भनिएपनि त्यो प्रेम थियो । त्यसमा पनि अन्तरजातीय प्रेम ।
एउटाको घरवार थियो । अर्को नयाँ घरबारको खोजीमा । मन मिल्यो । प्रेम भयो । प्रेमपछि यौनसम्बन्ध पनि नियमित भयो । जसले शान्ताको पेटमा प्रेमको नासो बस्यो । उनीहरु प्रेममा बाँधिएका थिए । पेटमा गर्भ रहेपनि उनीहरुले त्यसलाई प्रेमको उपहारका रुपमा लिए ।
बच्चा ठूलो हुदै गयो । उनीहरुले गर्भपतन गरेनन् । बरु त्यसलाई प्रेमको नासोको रुपमा जन्म दिए । उनीहरुले बच्चा जन्माएपछि प्रेम थप प्रगाढ बनाउने अपेच्छा थियो । त्यसलाई उनीहरुले भारतदेखि नेपालसम्म जोगाएरै राखे ।
अनि बच्चा जंगलमै छाडे…
भारतमा झण्डै एक महिनाअघि जन्माएको बच्चालाई उनीहरुले लालनपालन र हुर्काउने जिम्मेवारी बोेकेका थिए । जसअनुसार उनीहरुले भारतबाट अनेकौ कष्ट झेलेर बच्चासहित घर हिडे । दशैँ मनाउन भनेर घर आएका उनीहरुलाई समाजदेखि भने डर लाग्यो ।
यसमा शान्तालाई भन्दा बढी डर दानबहादुरलाई लागेको हुन सक्छ । घरमा श्रीमति थिइन् । बच्चा र अर्की महिला देखेपछि श्रीमति आन्दोलित मात्रै होइन, प्रहरीमा मुद्दा दर्ता गर्ने डर पनि थियो । यही समस्याबाट पार पाउने उपाय उनले बच्चाको अलपत्र बिसर्जनमा देखे ।
यसबीचमा शान्तासँग उनको घण्टौ छलफल भयो । शान्ताले दानबहादुरकै हौसलाबाट बच्चा जन्माएकी थिइन् । उनकै अनुमति र साथ पाएर हुर्काएकी थिइन् । भारतको उत्तरखण्डबाट आफैेले जन्माएको बच्चा बोकेर नेपाल आएकी थिइन् ।
तर उनलाई पनि समाजदेखि डर लाग्यो । समाजसँग लड्ने ह्याउ उनमा पनि थिएन् । त्यसमाथि दानबहादुरको साथबिना त्यो लडाई झन चिन्ताजनक हुन्थ्यो । घरमा श्रीमति भएकाले दानबहादुर शान्तालाई बच्चाका लागि साथ दिन सक्दैनथे ।
एकातिर जातीय विभेद खेप्नुपर्ने । अर्कातिर अवैध सम्बन्धको जुन उपज टाउकोमा बोक्नुपर्ने । त्यसमाथि ठूलो प्रमाणका रुपमा आफ्नै बच्चा थियो । अब उनीहरु समाजसँग मनोवैज्ञानिक रुपमा पहिल्यैदेखि परिचित थिए ।
समाजले दिने सजाय पनि थाहा थियो । यसबाट बच्न उनीहरुले बच्चालाई बाटैमा छाडेर एक्लाएक्लै घर जाने निर्णयमा पुगे । तर शान्तलााई आफूले जन्माएको बच्चा छाड्न गाह्रो भो । उनी बच्चा दानबहादुरको हातमा थमाएर अगाडी लागिन् ।
दानबहादुर बडो हिम्मतका साथ बच्चालाई बीच जंगलमै कपडाले बेचेर, टाउको मात्रै देखाएर मुटुमा गाँठो पार्र्दै अलपत्र छाडेर बाटो लागे । उनीहरु घर गए । ज्यान घरमा पुगेपनि मन त्यो बच्चासँगै थियो । जो मृत्युको निम्तो दिएर बच्चाको सकुशलताको आश गरिरहेका थिए ।
जसले बच्चा देखेर उद्धार गरे….
बच्चा रातभर जंगलमा एक्लै रह्यो । उनलाई कुनै जंगली जनावरले पनि आक्रमण गरेनन् । बच्चा भाग्यमानी त्यतिबेला साबित भयो । जतिबेला बिहानै मनिङ वाकमा हिडेका स्थानीयले बच्चा देखेर प्रहरीलाई खबर गरे ।
लगत्तै प्रहरी आएर बच्चाको उद्धार गर्यो । स्थानीय युवराज रेग्मीका अनुसार प्रहरीको सोधखोजमा शान्ता र दानबहादुरले बच्चा छाडेको भेटिएको हो । बच्चा छाडेर उनीहरुले अब नभेट्ने र आफ्नो जीवनमा अगाडी बढ्ने भनेर ब्रेकअप समेत गरेका थिए ।
तर आफ्नै बच्चामाथि गरेको अपराधले उनीहरुलई प्रहरी हिराशतमा भेट गरायो । बच्चालाई अस्पतालमा रािखएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण ओलीका अनुसार दुवैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
३ करोडमा बेच्न लागेको बोधिचित्तको रुख काटेको अभियोगमा चारजना पक्राउ
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार