शुक्रबार , कार्तिक १४, २०७७

इसेवा मनि ट्रान्सफरकाे ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक

इसेवा मनि ट्रान्सफरकाे ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक

१९ असोज, काठमाडौं । इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान पर्व दशैं तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैं तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तरगत इसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रू सय बराबरको रिचार्ज जित्न सकिन्छ ।इसेवा मनि ट्रान्सफरका एजेन्टमार्फत रकम प्राप्त गर्दा रू सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा रू सय बोनस प्राप्त गर्न सकिनेछ ।

यो योजना मंसिर ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । यो योजना विदेशबाट रेमिट्यान्स पठाउनेको हकमा मात्र लागु हुने कम्पनीको भनाई छ ।

रेमिट्यान्स क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्सफरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्राउदै आएको छ ।

हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय