बेंग्लोरलाई हराउदै दिल्ली शीर्ष स्थानमा
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार ५:३३:१३
असोज १९, एजेन्सी । आईपीएल क्रिकेटमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले चौथो जित हात पारेको छ । सोमबार बेंग्लोरविरुद्ध ५९ रनको जित निकाल्दै दिल्ली फेरि आईपीएलको शीर्ष स्थानमा उक्लेको हो ।
दुबईमा टस हारेर पहिले व्याटिङ गरेको दिल्ली निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । उसका लागि मार्कुस स्टोईनिसले ५३, पृथ्वी शाहले ४२, रिसभ पन्तले ३७ र शिखर धवनले ३२ रन बनाए । बेंग्लोरका मोहम्मद सिरजले २ विकेट लिए ।
१९७ रनको विशाल लक्ष्य लिएर जवाफी व्याटिङ थालेको बेंग्लोरले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले ४३ रन बनाउनुबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् । दिल्लीका कागिसो रबाडाले ४ विकेट लिए ।
जितसँगै ५ खेलबाट दिल्लीले ८ अंक जोडेर शीर्ष स्थानमा पुगेको छ । बेंग्लोर भने ६ अंकसहित तेस्रो स्थानमा छ । आजको खेलमा ४३ रन जोडेका कोहलीले ट्वेन्टी ट्वेन्टी क्रिकेटमा ९ हजार रन पूरा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा आज दुई खेल हुँदै
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार