विराटनगरमा संक्रमित दुई जनाको ज्यान गयो
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १६:१२:१८
२० असोज, बिराटनगर । विराटनगरमा दुई जना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा उपचाररत मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो ।
कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो । मृतकमा ब्लड क्यान्सरको समस्या थियो ।
सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको पनि समस्या थियो । पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
६ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको दाहालले बताए । मृतकमा मधुमेहको पुरानै समस्या थियो ।
यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय वृद्धको बिहान ४ः२० बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेह र मुटु सम्बन्धी समस्या थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार