मंगलबार , कार्तिक ४, २०७७

प्रदेश ५ को प्रदेशसभा बैठक शुरु, आजै मतदान हुने

मुख्यमन्त्री शंकर पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दैछन ।

प्रदेश ५ को प्रदेशसभा बैठक शुरु, आजै मतदान हुने

२० असोज, काठमाडौं । प्रदेश ५ को प्रदेशसभा बैठक सुरू भएको छ। आजै मतदान हुने भनिएको बैठक केहीबेरअघि देखि शुरु भएको हो । बैठकको शुरुमै समय लिएर नेपाली कांग्रेस सांसद वीरेन्द्र कुमार कनोडियाले आफ्नो धारणा राखिरहेका छन् ।

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सरकारले सदनमा पेश गरेको छ । प्रस्तावमाथि आज मतदान हुने कार्यसूची छ । यसअघि हिजो कांग्रेसले अवरोध गर्दा पनि प्रस्ताव पेश गरेपछि तोडफोडका साथै प्रदेशसभामा हंगामा भएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय