तीन जना मन्त्री थप्ने प्रधानमन्त्री ओलीको तयारी
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार २१:२:३८
२० असोज, काठमाडौं । आज साँझका लागि नेकपाले सचिवालय बैठक नराखेको भए प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिमण्डलमा तीन सदस्य थप्ने गृहकार्य गरेका थिए । हिजो साँझ ओलीले यसबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी दिएका थिए । तर प्रचण्ड भने रिक्त मन्त्रालयमा मात्रै पूर्ति गर्ने भन्दा पुनर्गठन नै गर्दा उपयुक्त हुने भन्दै पन्छिएका थिए ।
भोलि ( आज )का लागि सचिवालय बैठक निर्धारण भएकाले सल्लाह गरेर मात्रै अगाडि बढ्न प्रचण्डले सल्लाह दिएको खुमलटार निकट स्रोतले बतायो । जवाफमा ओलीले मन्त्री नियुक्तिको विषयमा प्रधानमन्त्रीलाई नियन्त्रण गर्न खोज्नु गलत भएको भन्दै यसबारे धेरै कचकच नगर्न प्रचण्डलाई सुझाव दिएको पनि स्रोतको दाबी छ ।
हिजोको वार्ता अलि तनावपूर्ण नै रह्यो भन्दै स्रोतले प्रचण्डले पनि कडै कुरा गरेको बतायो । प्रचण्डले ओलीलाई भनेका थिए– मन्त्री मात्र होइन, राजनीतिक नियुक्ति गर्ने अधिकार क्षेत्र पनि तपाईं कै हो, आफूखुशी गर्नाेस्, तर त्यसमा मेरो कुनै समर्थन र साथ रहने छैन ।
प्रचण्ड लगायत नेकपाका अधिकांश सचिवालय सदस्यहरु मन्त्रिमण्डलमा आमूल परिवर्तन गर्ने पक्षमा रहेका छन् । मिलेसम्म सचिवालयले नै मन्त्री र पोर्टफोलियो तोक्ने पक्षमा उहाँहरु हुनुहुन्छ, तर प्रधानमन्त्रीले त्यस्तो प्रस्ताव स्वीकार्नु हुनेछैन – बालुवाटार निकट स्रोतले भन्यो ।
आज साँझ सचिवालयमा कुरा मिलेन भने भोलिसम्ममा प्रधानमन्त्रीले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री तोक्ने सम्भावना रहेको पनि स्रोतले बतायो । हाललाई अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चारमा जनार्दन शर्मा र सहरी विकासमा महेश बस्नेतलाई ल्याउने पक्षमा ओली रहेको पनि बताइएको छ ।
तर प्रचण्डसँग कुरा नमिलेकाले शर्मा मन्त्री बन्ने नबन्ने प्रष्ट भएको छैन । साथै, माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेलाई पनि प्रधानमन्त्री कार्यालयबाट सहरी विकास मन्त्रालय अफर भएको तर पाण्डेले अर्थ नपाए मन्त्री नखाने जवाफ दिएको बताइएको छ ।
अहिलेलाई खाली मन्त्रालय पूर्ति गरौं, बाँकी सहमति जुटेपछि गरौंला भन्ने ओलीले प्रस्ताव गर्दासमेत प्रचण्डले अस्वीकार गरेकाले परिस्थिति अली जटिल भएको पनि स्रोतले बतायो । प्रचण्ड पक्षले नमानेपनि हाललाई तीनवटै मन्त्रालयमा मन्त्री राखेर काम गर्ने पक्षमा ओली रहेकाले भोलिसम्म केही मन्त्री थपिने सम्भावना रहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार